१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १७ मंगलबार
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १७ मंगलबार १९:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

विमानस्थलका दुई पसललाई जरिवाना, सोल्टी होटेललाई तीन दिनभित्र उपस्थित हुन निर्देशन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १७ मंगलबार १९:o९:oo

बढी मूल्य लिएको आरोपमा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित दुई पसललाई जरिवाना तिराएको छ। मंगलबार अनुगमनको क्रममा इजी ट्रेडलाई दुई लाख ६० हजार तथा एयरपोर्ट टी कफी कन्फेसनरीलाई दुई लाख पाँच हजार जरिवाना तिराइएको छ। 

त्यस्तै, विमानस्थलस्थित सोल्टी होटेललगायतलाई तीन दिनभित्र कागजपत्रसहित विभागमा उपस्थित हुन भनिएको विभागका महानिर्देशक कुमार दाहालले बताए। 
विभागले मंगलबार नै ललितपुरको मनमय इन्टरप्राइजेजलाई पनि दुई लाख ८० हजार रुपैयाँ जरिवाना तिराएको छ।