१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १७ मंगलबार
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १७ मंगलबार १८:o९:oo
Read Time : < 1 मिनेट
समाचार

दुर्गाबाबु पाठक स्मृति संगीत पुरस्कार प्रज्वल पौडेललाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १७ मंगलबार १८:o९:oo

 सशस्त्र प्रहरीका  दिवंगत इन्स्पेक्टर स्व. दुर्गाबाबु पाठकको स्मृतिमा स्थापित ‘दुर्गाबाबु पाठक स्मृति संगीत पुरस्कार’ नेपाल एपिएफ ठाकोदेवी जोगेन्द्र भगत स्कुल शम्भुनाथ सप्तरीमा अध्यनरत कक्षा ८ का छात्र प्रज्वल पौडेललाई प्रदान गरिएको छ ।

    असार १७ गते सशस्त्र प्रहरी परिवार महिला संघको २४औँ वार्षिकोत्सवको अवसर पारेर सशस्त्र प्रहरी नायब उपरीक्षक एवं सहप्रवक्ता शैलेन्द्र थापाले पौडेललाई पुरस्कार प्रदान गरेका हुन्। प्रज्वल पौडेल संगीत विधातर्फ बाद्यवादन र गायनमा उत्कृष्ट ठहरिएका छन्। उनी अहिले द भ्वाइस अफ किड्स सिजन ४ मा समेत ब्याटल राउन्डबाट लाइभ राउन्डमा समेत प्रवेश गरेका छन्। 

    यसअघिका वर्षहरूमा सो पुरस्कार नेपाल एपिएफ स्कुल कीर्तिपुरका छात्रहरू रायन घिमिरे, आशिष रोकाया, साइजित पाण्डे, अनिष थापामगर र अर्जुन झालाई प्रदान गरिएको थियो। 

    स्व.पाठकको स्मृतिमा सि.सं. ७ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमका सहकर्मी अधिकृतहरूद्वारा सामूहिक रूपमा २०७३ सालमा अक्षय कोष स्थापना गरिएको थियो। कोषमा जम्मा भएको रकमको ब्याजबाट हरेक वर्ष सशस्त्र प्रहरी परिवार महिला संघको वार्षिकोत्सवमा सो पुरस्कार नेपाल एपिएफ स्कुलमा अध्ययनरत संगीततर्फ प्रथम हुने छात्र तथा छात्रालाई प्रदान गरिँदै आएको छ।

    २०६४ सालमा खुला प्रतिस्पर्धाबाट सशस्त्र प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका स्व. पाठकले ‘पक्षी र निन्द्रा लाग्दैन’ गरी दुईवटा एल्बम बजारमा ल्याएका थिए। गीत संगीतमा  रुचि राख्ने पाठक ०६०/६१ सालमा चितवनमा सम्पन्न सिनर्जी राइजिङ स्टारको उत्कृष्ट १० भित्र पर्न सफल भएका थिए भने आठौँ कालिका म्युजिक अवार्डमा वेस्ट आर्टिष्टको उपाधिसमेत हात पारेका थिए।

    गीत लेख्ने, संगीत दिने र आफैँ गाउनेसमेत क्षमता भएका स्व.पाठकको प्रतिभालाई अमर राख्नको लागि उक्त अक्षयकोष स्थापना गरिएको हो। कर्तव्य पालनाको सिलसिलमा २०७२ चैत्र २८ गते धादिङको मलेखुमा भएको सडक दुर्घटनामा उनको निधन भएको थियो ।