१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १३:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नागरिकता (दोस्रो संशोधन) विधेयकका सम्बन्धमा प्राप्त सन्देश राष्ट्रिय सभामा टेबुल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १३:१२:oo

नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रिय सभामा टेबुल भएको छ । राष्ट्रिय सभाको आजको बैठकमा सचिव डा. सुरेन्द्र अर्यालले उक्त सन्देश सभासमक्ष टेबुल गरेका हुन् ।

यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रहरूको व्यहोरा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठकमा पढेर सुनाएका थिए । यही असार १४ गते प्रधानमन्त्री केपी ओली स्पेन भ्रमणमा गएकाले प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले गर्ने गरी तोकिएको अध्यक्ष दाहालले सभामा जानकारी गराए।

यसैगरी, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल थाइल्यान्डको कार्यक्रममा सहभागी हुन यही असार १० गते त्यसतर्फ गएकाले उनको कार्यभार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले गर्ने गरी तोकिएको अध्यक्ष दाहालले बताए। कार्यभार तोकिएका अन्य पत्रसमेत उनले सभामा पढेर सुनाएका थिए ।