
प्रभु बैंक र पोखरा महानगरपालिका– ३१, बेगनासतालस्थित होटेल हिमालय सेरेन भ्युबिच छुट सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तालचोक शाखा प्रबन्धक प्रकाश पौडेल र होटेल हिमालयका प्रोपाइटर अनिल ढकालले हस्ताक्षर गरे ।
सम्झौताअनुरूप बैंकका कर्मचारी र कर्मचारीका परिवार तथा ग्राहकले होटेलमा खाना र पेय पदार्थमा १० प्रतिशत तथा आवास सुविधामा १५ प्रतिशत छुट पाउने भएका छन् ।
बैंकले देशभरका तीन सय ११ शाखा कार्यालय, दुई सय ८४ एटिएम, ६९ एक्सटेन्सन काउन्टरमार्पmत अत्याधुनिक बैंकिङ सेवा प्रदान आइरहेको छ ।