१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ४ बुधबार
  • Wednesday, 18 June, 2025
२o८२ असार ४ बुधबार १५:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपप्रधानमन्त्री सिंहद्वारा धोबीखोला अनुगमन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ४ बुधबार १५:३२:oo

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बुधबार धोबीखोला करिडोरको अनुगमन गरेका छन्। उपप्रधानमन्त्री सिंहसहित मन्त्रालयका सचिव, काठमाडौं उपत्यका विकास प्राधिकरण र अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत समितिको टोलीले बिहानै सो क्षेत्रको निरीक्षण गरेको हो।

टोलीले धोबीखोलामा मन्त्रालयअन्तर्गत भइरहेका कामहरू, ढल व्यवस्थापन र अतिक्रमित सार्वजनिक जग्गालगायतको अवलोकन गरेको छ। अवलोकनका क्रममा उपप्रधानमन्त्री सिंहले काठमाडौं उपत्यका विकास प्राधिकरण र बागमती सभ्यता एकीकृत समितिलाई धोबीखोलालाई स्वच्छ बगाउन र अतिक्रमित सार्वजनिक जग्गा कानुनसम्मत फिर्ता ल्याउनका लागि तत्काल आवश्यक कार्य अघि बढाउन निर्देशन दिए।

बर्खा लागेसँगै धोबीखोलाले पार्न सक्ने असर न्यूनीकरणका लागि आवश्यक काम अघि बढाउन पनि उपप्रधानमन्त्री सिंहले मन्त्रालयमातहतका निकायलाई सचेत गराएका छन्।

उपप्रधानमन्त्री सिंहलाई बुढानीलकण्ठ भद्रकाली मन्दिरदेखि कपन साततलेसम्मको वस्तुगत अवस्थाबारे काठमाडौं उपत्यका विकास प्राधिकरणले जानकारी गराएको थियो। काठमाडौं उपत्यकाको नदी र करिडोरको विषयलाई सहरी विकास मन्त्रालयअन्तर्गतको उपत्यका विकास प्राधिकरण र बागमती सभ्यता एकीकृत विकास समितिले हेर्दै आएको छ।