१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ४ बुधबार
  • Wednesday, 18 June, 2025
२o८२ असार ४ बुधबार १५:१६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कोशी प्रदेशमा प्रवेश गर्दै कपडा र खाद्य बैंक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ४ बुधबार १५:१६:oo

कोशी प्रदेशमा कपडा र खाद्य बैंकको सुरुवात गर्न क्लोथ एन्ड फुड बैंकले काम थालेको छ। मानव सेवाको उद्देश्यले स्थापना भएको क्लोथ एन्ड फुड बैंकले कोशी प्रदेशमा यस वर्षदेखि कपडा र खाद्य बैंक सुरुवात गर्न लागेको हो। 

यसका लागि अहिले कोशी प्रदेशका स्थानीय तह र अन्य संघसंस्थासँग समन्वयका लागि पहल भइरहेको क्लोथ एन्ड फुड बैंकका कार्यक्रम निर्देशक सागर गौतमले जानकारी दिए।

यो संस्था गैरनाफामूलक संस्था भएको दमकमा पत्रकार सम्मेलन गर्दै क्लोथ एन्ड फुड बैंकका कार्यक्रम निर्देशक गौतमले बताए। यसले दुई वर्षदेखि देशका विभिन्न ठाउँमा कपडा तथा खाद्य बैंक सञ्चालन गर्दै आएको छ। विपतमा परेका नागरिकलाई कपडा र खाद्यन्न उपलब्ध गराउन यो संस्थाको स्थापना भएको गौतमले बताए।

यस्तै, कपडा लगाउन नपाउने विपन्न नागरिकलाई समेत निःशुल्क कपडा उपलब्ध गराउँदै आएको उनले बताए। देशका विभिन्न ठाउँबाट संकलन भएका कपडालाई प्रशोधन गरेर कपडा पुनः उत्पादन गरी विपतमा परेका र विपन्न नागरिकलाई वितरण गरिने उनको भनाइ छ। यस्तै, खाद्य बैंक पनि तयारी अवस्थामा रहेको उनले बताए। संस्थासँग रहेका तीनवटा मोबाइल किचन विपत् भएको ठाउँमा लगेर त्यहाँका नगरिकलाई आवश्यकताअनुसार खाद्यान्न उपलब्ध गराउने तयारी रहेको उनले जानकारी दिए।

विपतमा परेका नागरिकलाई कपडा र खाद्यन्नसँगै आवश्यक पर्ने सिरक, डसना र सिरानीसमेत उपलब्ध गराउने गौतमले बताए। हालसम्म देशभरका १६५ स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको उनको भनाइ छ। स्थापनादेखि हालसम्म करिब आठ लाख कपडा वितरण गरिएको पाँच लाख कपडा स्टक रहेको उनले बताए।

यो संस्थाले १० वर्षसम्म काम गरेपछि सरकारलाई हस्तान्तरण गरिने कार्यक्रम निर्देशक गौतमको भनाइ छ। कोशी प्रदेशका विभिन्न स्थानीय तहमा सहकार्यका लागि प्रस्तावना पेस गरिएको संस्थाका कोशी प्रदेश प्रमुख सन्तोष दुलालले जानकारी दिए। स्थानीय तहले सकारात्मक जवाफ दिएको उनले बताए। सहकार्य गर्न चाहने स्थानीय तहले कपडा संकलनका लागि ड्रप बक्स खरिद गरिदिनुपर्ने उनले बताए।

‘त्यो ड्रप बक्समा संकलन भएको कपडालाई प्रशोधन गरेर हामी स्थानीय तहभित्र विपतका समयमा र कपडा लगाउन नै वञ्चित हुने नागरिकका लागि कपडा उपलब्ध गराउँछौँ,’ उनले भने, ‘त्यो ड्रप बक्स स्थानीय तह वा यहाँका संघसंस्थाले खरिद गरिदिए हामी त्यो ठाउँमा सेवा दिन सक्छौँ। हामी प्रयोग गर्न मिल्ने, नमिल्ने कपडा, झोला, पुस्तकहरू संकलन गरेर प्रशोधन गर्दै कपडा उत्पादन गर्छौँ। यसरी तयारी गरिएको कपडा सम्बन्धित स्थानीय तह वा संघसंस्थाले नै आवश्यकताअनुसार वितरण गर्छ।’

कपडा संकलन गर्ने ड्रप बक्स एकपटक खरिद गरिसकेपछि १० वर्षसम्म चल्ने उनको भनाइ छ। कोशी प्रदेश पनि बाढीपहिरोजस्ता प्राकृतिक विपत्ति भइरहने भएकाले यो प्रदेशमा यो कार्यक्रम प्रभावकारी हुन सक्ने उनले बताए।