१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 18 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:२२:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एलिना र प्रसन्न फाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:२२:oo

कीर्तिपुर नगरपालिकाकी एलिना थिङ र तार्केश्वर नगरपालिकाकी प्रसन्न फुयाँल काठमाडौं जिल्लाव्यापी खेलकुदअन्तर्गत कराँतेको महिला एकल कातामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।

राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सेमिफाइनलमा एलिनाले नागार्जुन नगरपालिकाकी वन्दना तामाङलाई हराइन् । अर्को सेमिफाइनलमा प्रसन्नले आयोजक काठमाडौं महानगरपालिका २६ की मिस्टी श्रेष्ठलाई हराइन् ।

यस विधाको विजेताले ३० हजार र उपविजेताले १५ हजार रुपैयाँ पाउनेछन् । महिला टिम कुमुतेमा काठमाडौं महानगरपालिका– ३१ तार्केश्वर र नागार्जुनले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् ।

काठमाडौं महानगरपालिका ३१ ले तार्केश्वरसँग सेमिफाइनलमा खेल्नेछ । यस विधाको विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ हात पार्नेछन् । यसैगरी, प्रतियोगिताअन्तर्गत पुरुष फुटसलमा तार्केश्वर, वडा २३, वडा १६ र वडा ५ क्वार्टरफाइनलमा पुगेका छन् ।