१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ४ बुधबार
  • Wednesday, 18 June, 2025
२o८२ असार ४ बुधबार १८:४६:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

गण्डकी प्रदेशस्तरीय क्रिकेट : कास्की र पर्वत विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ४ बुधबार १८:४६:oo

पोखरामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष टी–२० क्रिकेट प्रतियोगितामा कास्कीले लगातार दोस्रो जित हात पारेको छ। समूह ‘बी’मा रहेको कास्कीले आफनो दोस्रो खेलमा गोरखालाई १० विकेटले पराजित गरेको हो। कास्कीले मंगलबार पर्वतलाई २० रनले पराजित गरेको थियो।

बुधबारको खेलमा टस जितेर ब्याटिङ रोजेको गोरखा १९.५ ओभरमा अलआउट हुँदै ९० रनमा समेटियो। ९१ रनको विजयी लक्ष्यसहित मैदान उत्रेको कास्कीले ८.४ ओभरमा विना कुनै विकेटको क्षतिमा ९४ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो।

गोरखाका लागि स्वरूपराज श्रेष्ठले १४ बलमा २१, मेहुल श्रेष्ठले ४५ बलमा १८ रन बनाएका थिए। कास्कीका लागि प्लेयर अफ द म्याच घोषित अनिल गुरुङ नटआउट रहँदै अर्धशतक पूरा गरे। उनले २७ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ५१ रन बनाउँदा अर्जुन कुमालले २५ बलमा ३९ रन बनाए।

कास्कीका सुवास भण्डारीले ३.५ ओभरमा  ११ रन खर्चेर तीन विकेट लिँदा सिब्रिन श्रेष्ठले दुई तथा कृष्ण पौडेल र अर्जुन केसीले समान एक–एक विकेट हात पारे।

बुधबारको दोस्रो खेलमा पर्वतले नवलपुरलाई १५ रनले पराजित गर्‍यो। टस जितेर ब्याटिङ रोजेको पर्वतले २० ओभर खेल्दै नौ विकेट गुमाएर १३१ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङका लागि मैदान उत्रेको नवलपुर १८.५ ओभरमा सबै विकेट गुमाएर ११६ रनमा सीमित भयो।

पर्वतको जितमा अभिषेक थापाले अर्धशतक पूरा गर्ने क्रममा ४० बलमा पाँच चौका र तीन छक्का प्रहार गर्दै ५२ रन जोडे। अभिराज पटेलले ३७ र विनोद नेपालीले १४ रन बनाए। नवलपुरका लागि गौरव विष्टले २५, स्वीकार श्रेष्ठले १८ र विगत पाण्डेले १७ रन जोडेका थिए।

प्लेयर अफ द म्याच घोषित पर्वतका कप्तान अमृत गुरुङले चार ओभरमा २० रन खर्चेर तीन विकेट लिँदा राजु थापाले ३.५ ओभरमा ४१ रन खर्चिएर समान तीन विकेट नै हात पारे। विनोद नेपालीले दुई विकेट लिए। नवलपुरका लागि कमल परियार र सुदीप अर्यालले समान दुई–दुई तथा दीपक डुम्रे र स्वीकार श्रेष्ठले समान एक–एक विकेट हात पारे।