
कीर्तिपुर नगरपालिकाकी एलिना थिङ र तार्केश्वर नगरपालिकाकी प्रसन्न फुयाँल काठमाडौं जिल्लाव्यापी खेलकुदअन्तर्गत कराँतेको महिला एकल कातामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।
राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सेमिफाइनलमा एलिनाले नागार्जुन नगरपालिकाकी वन्दना तामाङलाई हराइन् । अर्को सेमिफाइनलमा प्रसन्नले आयोजक काठमाडौं महानगरपालिका २६ की मिस्टी श्रेष्ठलाई हराइन् ।
यस विधाको विजेताले ३० हजार र उपविजेताले १५ हजार रुपैयाँ पाउनेछन् । महिला टिम कुमुतेमा काठमाडौं महानगरपालिका– ३१ तार्केश्वर र नागार्जुनले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् ।
काठमाडौं महानगरपालिका ३१ ले तार्केश्वरसँग सेमिफाइनलमा खेल्नेछ । यस विधाको विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ हात पार्नेछन् । यसैगरी, प्रतियोगिताअन्तर्गत पुरुष फुटसलमा तार्केश्वर, वडा २३, वडा १६ र वडा ५ क्वार्टरफाइनलमा पुगेका छन् ।