१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 18 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:१२:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप, राहुल र सुवास शीर्ष स्थानमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:१२:oo

प्रोफेसनल गल्फर सुवास तामाङ र एमेच्योर राहुल विश्वकर्मा सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको मंगलबार दोस्रो दिन संयुक्त रूपमा शीर्ष स्थानमा रहेका छन् । समग्रमा १० अन्डर एक सय ३४ को स्कोरका साथ दुवै खेलाडी शीर्ष स्थानमा रहेका हुन् । उनीहरूले सदभाव आचार्यलाई दुई स्ट्रोकले पछि पारेका छन् । राहुलले सात अन्डर ६५ को सानदार प्रदर्शन गरे । सुवासले ६ अन्डर ६६ को स्कोर गरेका थिए । नेपालका नम्बर एक एमेच्योर गल्फर सदभावले दिनकै उत्कृष्ट आठ अन्डर ६४ को स्कोर निकाले पनि शीर्ष स्थानमा पुग्न सकेनन् । उनले समग्रमा आठ अन्डर एक सय ३६ स्कोर गरी तेस्रो स्थान रक्षा गरेका छन् ।

समग्रमा सात अन्डर एक सय ३७ स्कोरका साथ नीरज तामाङ चौथो स्थानमा छन् । उनले पाँच अन्डर ६७ स्कोर गरेका थिए । ६ अन्डर एक सय ३८ स्कोरका साथ भुटानका एमेच्योर खेलाडी निम दोर्जी तामाङले पाँचौँ स्थानमा रहे । उनले तीन अन्डर ६९ को स्कोर गरेका थिए । एमेच्योर वाङ्चेन ढोन्चुप चार अन्डर ६८ स्कोरका साथ छैटौँ स्थानमा छन् । पहिलो दिन शीर्ष स्थानमा पुगेका रवि खड्का समग्रमा दुई अन्डर एक सय ४२ स्कोरका साथ नवौँ स्थानमा झरेका छन् । 

राहुलले निकाले आठ बर्डी
राहुलले फ्रन्टनाइन बोगीरहित खेले । उनले पहिलो, दोस्रो, छैटौँ र नवौँ होलमा बर्डी प्रहार गर्दै पहिलो नौ होलमा चार अन्डर ३२ स्कोर गरे । यसपछि उनले ११औँ होलमा एक सट खेर फाले । तर १०औँ, १२औँ १७औँ र १८औँ होलको बर्डीले उनले ब्याक नाइन तीन अन्डर ३३ को स्कोर गर्न सफल भए । स्ुवासले फ्रन्ट नाइन र ब्याक नाइनमा समान तीन अन्डर ३३ स्कोर गरेका थिए । उनले पहिलो, तेस्रो, छैटौँ, सातौँ र नवौँ होलमा बर्डी प्रहार गरेका थिए । सुवासले पाँचौँ र आठौँ होलमा एक–एक सट खेर फाले । उनले ब्याक नाइनको १०औँ देखि १२औँ होलमा लगातार तीन बर्डी खेल्दा बाँकी ६ होलमा पार बचाए । 

सदभावले फ्रन्ट नाइनमा सात अन्डर २९ को प्रभावशाली प्रदर्शन गरे । बोगीरहित फ्रन्ट नाइन खेल्ने क्रममा उनले पहिलो, तेस्रो, चौथो तथा छैटौँदेखि नवौँ होलमा लगातार चार बर्डी निकालेका थिए । त्यसपछि ११औँ र १२औँ होलमा उनले समान एक सट बचाउँदा ब्याक नाइन १ अन्डर ३५ स्कोर गरे । ३६ होलको समाप्तिमा ६ ओभर एक सय ५० सम्म स्कोर गर्ने २२ प्रोफेसनल र ६ एमेच्योर खेलाडी गरी कुल २८ गल्फरले कट बनाएका छन् ।