१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २० मंगलबार
  • Thursday, 05 June, 2025
२o८२ जेठ २० मंगलबार १४:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘गणतन्त्र स्थापना भएको दिन नेपाली जनता स्वतन्त्र भए’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २० मंगलबार १४:१३:oo

गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादवले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिनलाई जनता स्वतन्त्र नागरिक भएको दिनको रूपमा लिनुपर्ने बताएका छन् । 

भक्तपुरको ऐतिहासिक दरबारस्क्वायर परिसरमा सोमबार राति सम्पन्न ‘म नागरिक म बनाउँछु नेपाल’ कार्यक्रममा’ उनले गणतन्त्रवादी आमजनताको हितमा अझ दत्तचित्त भएर लाग्नुपर्ने बताए।
 
पूर्वराष्ट्रपति डा. यादवले चुरे पहाड दोहनले नेपालको तराई मरुभूमिमा परिणत भएको उल्लेख गर्दैै यसलाई समयमै रोक्न सकिएन भने चुरे क्षेत्र थप कमजोर बन्न गई तराई मधेशको जनजीवन अझै संकटग्रस्त हुने बताए। युवाहरूको विचार र सिर्जनशीलतालाई सम्मान गर्न आयोजित यस्ता कार्यक्रमले देशका युवालाई आफ्नै देशमा केही गर्छु भन्ने सन्देश दिने उनले  विश्वास व्यक्त गरे । 

    

छुटाउनुभयो की ?