१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २२ बिहीबार
  • Friday, 06 June, 2025
२o८२ जेठ २२ बिहीबार १४:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डलर सटही गर्ने भनी झुक्याएर ३० लाख ठगी गर्ने दुई पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २२ बिहीबार १४:१५:oo

झन्डै दुई महिनाअघि अमेरिकी डलर सटही गर्ने भन्दै झुक्याएर ३० लाख रुपैयाँ ठगी गर्ने दुईजनालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ।

भक्तपुरको चाँगुनारायण नगरपालिका– ३, दुवाकोटनिवासी ३८ वर्षीय ताराबहादुर तामाङ र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ३ निवासी २३ वर्षीय गौतम डुम्जङ पक्राउ परेकाे प्रहरीले जनाएको छ।

उनीहरू नवलपुरको गैँडाकोट नगरपालिका– ३ स्थित ढोडेनी जंगलमा अमेरिकी डलर सटही गर्ने भनी ३० लाख रुपैयाँ ठगेर फरार भएका थिए। भक्तपुर तथा मकवानपुरमा लुकिछिपी बसेको सूचनाको आधारमा खोजतलास गर्ने क्रममा पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनीहरूलाई ठगीको रकम प्रमाणसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए। उनीहरूलाई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा नवलपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

फोन सम्पर्कको भरमा दाङ घर भएका दुईजनाले अपरिचित मान्छेसँग नेपाली रुपैयाँसँग डलर सटही गर्न खोज्दा ठगीमा परेका थिए। दाङको घोराही नगरपालिका– १७, हरिद्वार टोलनिवासी ३९ वर्षीय कविराज खड्का र ४५ वर्षीय ओमबहादुर पुन मगरले दुईजनासँग गैँडाकोट– ३, अरेलीपारीस्थित ढोडेनी जंगलमा ३० लाख नेपाली दिएर डलर साटेका थिए।

उनीहरूले कुन प्रयोजनका लागि डलर साट्न खोजेको खुलिनसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए। उनका अनुसार डलर सस्तोमा पाउने लोभमा डलर साटेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।

तत्काललाई अवैध सटहीमा कारोबार भएको रकम नियन्त्रणमा लिई ठगी गर्नेको खोजतलास गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ। उनीहरूले झोलामा केही अमेरिकी डलर माथिबाट राखेर भित्र पाँच र २० का नेपाली रुपैयाँ राखेर ठगेको पाइएको थियो।

छुटाउनुभयो की ?