१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
Invalid date format o९:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:३६:oo

पौडी खेल्ने क्रममा डुबेर बिहीबार पोखरामा दुईजना बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका– ६, अस्ताम घर भएका १४ वर्षीय बालक विशाल परियार र १३ वर्षीय बालक विवश परियार रहेका छन्। पोखरा महानगरपालिका– २५ स्थित मर्दी खोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए।

६ जना साथीहरू भएर पौडी खेल्न गएका उनीहरू पौडी खेलिरहेको अवस्थामा डुब्न पुगेका थिए । दिउँसो करिब २ बजे डुबेर खेलामा बेपत्ता भएका उनीहरूको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको गोताखोरसहितको टोलीले २० फिट गहिराइमा अड्किएको अवस्थामा शव फेला पारेर बाहिर निकालेको थियो ।

उनीहरूको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा ल्याइएको छ । घटना सम्बन्धमा प्रहरी आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।