
मुम्बईलाई स्तब्ध बनाउँदै पन्जाब आइपिएल २०२५ को फाइनलमा प्रवेश गरेको छ। आइतबार भएको क्वालिफायर खेलमा पन्जाबले मुम्बईलाई ५ विकेटले पराजित गरेको हो।
पहिले ब्याटिङ गरेको मुम्बईले ६ विकेट गुमाएर २०३ रन बनाएको थियो । २०४ रनको सो लक्ष्य पन्जाबले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो। पन्जाबको जितका लागि कप्तान श्रेयर ऐयरले अविजित ८७ रनको पारी खेले ।
यसअघि बेंग्लोर फाइनलमा पुगिसकेको छ। पहिलो क्वालिफायरमा पन्जाबलाई हराउँदै बेंग्लोर फाइनलमा पुगेको थियो।
बेंग्लोर र पन्जाबबिचको फाइनल खेल मंगलबार अहमदाबाद मैदानमा हुनेछ। दुवै टिमले अहिलेसम्म उपाधि नजितेकाले यसपटक आइपिएले नयाँ विजेता पाउने भएको छ।