१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १८ आइतबार
  • Tuesday, 03 June, 2025
२o८२ जेठ १८ आइतबार १९:२४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

राष्ट्रिय डुंगा दौड प्रतियोगिता : महिलातर्फ ताल पारि र पुरुषतर्फ फेवा हर्पनले जिते उपाधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १८ आइतबार १९:२४:oo

ताल पारि ‘बी’ समूह र हर्पन सहकारी संस्थाले आइतबार पोखरामा सम्पन्न दोस्रो राष्ट्रिय खुला डुंगा दौड प्रतियोगिता २०८२ मा क्रमशः महिला र पुरुषतर्फको उपाधि हात पारेका छन्।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना तथा फेवा डुंगा व्यवसायी संगठनको व्यवस्थापनमा पोखराको फेवातालमा सम्पन्न डुंगा दौडमा महिलातर्फ गौरीघाट दोस्रो, पहारीघाट तेस्रो र जलारी दिदीबहिनी समूहले सान्त्वना स्थान हात पारे।

पुरुषतर्फ बाराही डुंगा घाट दोस्रो र स्विमिङपुल घाट तेस्रो हुँदा फिस्टेल घाटले सान्त्वना स्थान हात पारे।

महिला, पुरुष दुवैतर्फ प्रथम हुने टोलीले ४० हजार, दोस्रोले ३० हजार, तेस्रोले २० हजार र सान्त्वनाले १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरे।

प्रतियोगितामा महिलातर्फ ११ र पुरुषतर्फ २३ टोलीले प्रतिस्पर्धा गरेका प्राविधिक उपसमितिका सदस्य राजन पौडैलले जानकारी दिए। पौडेलका अनुसार प्रतियोगितामा महिलातर्फ दुई र पुरुषतर्फ तीन किलोमिटरको दौडमा प्रतिस्पर्धा गरेका थिए।