१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १८ आइतबार
  • Monday, 02 June, 2025
मुख्य समाचार डिजिटल संस्करण

बचतकर्ताको २५० करोडभन्दा बढी रकम हिनामिना गरी फरार भएका कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ १८ आइतबार १o:३७:oo

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् । उनले यस बैंकको प्रमुख कार्यकारी अधिकृत एवं पटक–पटक सञ्चालक समितिको अध्यक्षमा रहेर काम गरेका थिए । 

बैंकमा संकलन भएको बचतकर्ताको २५० करोडभन्दा बढी रकम हिनामिना गरी उनी फरार भएका थिए । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– १, बेलहियाबाट शनिबार पक्राउ गरेको हो । उनी पछिल्लाे समय भारतमा लुकेर बस्दै आएका थिए । 

सल्यान घर भई हाल बाँकेको नेपालगन्ज बस्दै आएका रायउपर बैंकिङ कसुर तथा सजाए ऐन, २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरी उपरीक्षक एवं सूचना अधिकारी युवराज खड्काले जानकारी दिए ।

कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन राष्ट्र बैंकले यसअघि नै लिइसकेको छ। गत १० पुसमा बैंकलाई समस्याग्रस्त घोषणा गरिएको थियो।