Skip This
पहिरोले राप्ती राजमार्ग अवरुद्ध
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 31 May, 2025
Invalid date format १o:१५:oo
Read Time : < 1 मिनेट
समाचार

पहिरोले राप्ती राजमार्ग अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:१५:oo

राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान खण्ड अवरुद्ध भएको छ। सल्यानको कपुरकोट गाउँपालिका– ३ स्थित चोरखोलामा खसेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेका अनुसार आज बिहान सडकमाथिबाट खसेको पहिरोले बाटो बन्द भएको हो। एक्स्काभेटर प्रयोग गरेर पहिरो हटाउने प्रयास जारी छ।

सडक अवरुद्ध भएसँगै यात्रु तथा सवारीसाधन रोकिएका छन्। साना सवारीसाधनलाई वैकल्पिक बाटो कपुरकोट–लामिडाँडा तथा कपुरकोट–पाखापानी–सातबास प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।