
नवलपुरको कावासोती–१७, ढोकीस्थित फर्निचर उद्योगमा आज साँझ आगलागी भएको छ। ढोकीस्थित सुरज वैद्यको फर्निचर उद्योगमा आलगाली हुँदा करिब २० लाखबराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विद्युत् सर्ट भई आलगागी भएको र आगो स्थानीय बासिन्दा, कावासोती नगरपालिकाको दमकल, प्रहरीको सहयोगमा नियन्त्रणमा आएको छ।