१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 25 May, 2025
Invalid date format o८:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

देश माओवादीमय बन्दै गएको प्रचण्डको दाबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:५१:oo

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश माओेवादीमय बनेको दाबी गरेका छन् । २ जेठबाट सुरु जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियानअन्तर्गत पहिलो चरणको समापनका अवसरमा शनिबार पोखरामा आयोजित जनसंवाद कार्यक्रममा अभियान सबैको साझा बनेको बताए ।

अभियानका क्रममा सर्वसाधारणसँगै अन्य पार्टीका नेता कार्यकर्ताले मओवादीलाई साथ दिएको र आफ्नो अभियान भएको भनी कार्यक्रममा सहभागी भएको देख्दा देश माओवादीमय भएको आफूले अनुभव गरेको उनले सुनाए ।

तराई मधेश हुलाकी मार्गकेन्द्रित अभियान र मध्यपहाडी लोकमार्ग अभियानका क्रममा आफूलाई भेट गरेका वृद्धवृद्धा, युवायुवती र बालबालिकाले देश एकपटक माओवादीमय बनेको हेर्न चाहेको प्रचण्डले दाबी गरे ।

‘जसरी ०६४ मा देश माओवादीमय भएको थियो, त्यस्तै संकेत अहिले पाएको छ,’ उनले भने, ‘जनतालाई बुझाउन सक्यौँ भने आउँदो एक वर्षमा देश सिंगै माओवादीमय बन्ने र ०८४ को निर्वाचनमा पार्टी पहिलो नम्बरमा आउनेछ ।’ प्रचण्डले देशमा नयाँ क्रान्तिको आवश्यकता रहेको भन्दै वर्तमान संविधानले देशमा स्थिरता नदिने र आर्थिक समृद्धिलाई अघि नबढाउने भएकाले यसलाई संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न आवश्यक रहेको बताए ।