१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ११ आइतबार
  • Sunday, 25 May, 2025
२o८२ जेठ ११ आइतबार १९:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डेंगु फैलन नदिन लामखुट्टे नियन्त्रण अभियानको तयारी अघि बढाऔँः स्वास्थ्यमन्त्री पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ११ आइतबार १९:o५:oo

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले वर्षा सुरु भएसँगै महामारी नियन्त्रणमा सजगता अपनाउन र आवश्यक तयारी थाल्न आग्रह गरेका छन्। 

स्वास्थ्य मन्त्रालयमा आज आयोजित महामारीजन्य विपतको तयारीमा सक्रिय विभिन्न विभाग तथा महाशाखा प्रमुखहरूसँगको बैठकमा उनले समयमै सजगता अपनाउन र आवश्यक तयारी थालिहाल्न आग्रह गरे। मन्त्री पौडेलले बर्खायाम लागेसँगै देखा पर्न सक्ने स्वास्थ्य महामारी नियन्त्रणका लागि सक्रियता बढाउनुपर्ने भन्दै डेंगु फैलन नदिन हालैबाट लामखुट्टे नियन्त्रण अभियानको तयारी अघि बढाउनुपर्ने बताए। उनले भने, 'वर्षायाम सुरु भइसकेको छ। पानी तथा कीटजन्य महामारीबाट जोगिन आ–आफ्नोतर्फबाट तयारी थाल्नुहोला। विपत् आएपछि मात्र सक्रियता देखिने प्रचलन रहेकाले यसपालि त्यो दोहोरिनुभएन।'

मन्त्री पौडेलले भारतलगायत देशमा कोभिड देखिएकाले सीमानाकामा कडाइका लागि पर्याप्त व्यवस्थापन गर्न आवश्यक रहेकाले तीनवटै सरकारसँग समन्वय गर्ने गरी मन्त्रालयले काम अघि बढाइरहेको बताए। उनले महामारी कोष प्रभावकारी बनाएर समयमै नागरिकले राहत पाउने गरी काम हुनुपर्नेमा जोड दिए।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बैठकले महामारी नियन्त्रणका लागि चाँडै वडा तहसम्मै प्रभावकारी रूपमा पुग्ने गरी तीनै तहको समन्वयात्मक बैठक आयोजना गर्ने निर्णय गरेको बताए।