१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 24 May, 2025
Invalid date format १४:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सल्यानमा विद्यालयको छाना हावाहुरीले उडाउँदा पढाइ प्रभावित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:३२:oo

सल्यानको बनगाड कुपिन्डे नगरपालिका वडा ११ पाँचहारेस्थित नवज्योति प्राथमिक विद्यालयको छाना हावाहुरीले उडाएको डेढ महिना भइसक्दासमेत मर्मत हुन सकेको छैन। चैत २७ गतेको हावाहुरीले दुईकोठे भवनको छाना उडाएको थियो। हुरीले फालेको छाना मर्मत नहुँदा बालबालिकाको पठनपाठन प्रभावित भएको छ।

हावाहुरीले विद्यालयको छाना उडाएपछि कक्षा ५ सम्म सञ्चालित विद्यालयको कक्षा ४ र ५, ३ र २, १ र शिशुका बालबालिकालाई कोठामा राखेर पढाउन बाध्य भएको विद्यालयका प्रधानाध्यापक रत्नबहादुर रानाले बताए। दुई कक्षाका विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउँदा नबुझ्ने समस्या देखिएको उनले बताए। उनले भने, ‘छुट्टाछुट्टै कोठामा भए एक शिक्षकले एउटा कक्षामा ४५ मिनेट पढाउन पाउँथे। अहिले २० मिनेट एउटा कक्षा र २० मिनेटसँगै बसेका अर्काको कक्षाका विद्यार्थीलाई पढाउनुपर्छ। ’

दैनिकजसो वर्षात् भइरहेकाले कोठा भिजेका कारण हावाहुरीले फालेको भवनमा विद्यार्थी राख्न नसकिएको उनको भनाइ छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलीप बुढाले विद्यालयसँग बजेट नभएकाले तत्काल हावाहुरीले फालेको भवनको छानो मर्मत गर्न नसकिएको बताए।

विद्यालयको भवन मर्मतका लागि पालिकामा बजेटको माग गरिएको र केही दिनमै पालिकामा गएर सम्झौता गरिने उनले बताए। ५७ विद्यार्थी रहेको विद्यालयमा तीन शिक्षक दरबन्दी र एक शिशु गरी चार शिक्षक कार्यरत छन्।