१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 24 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अख्तियारको छानबिनपछि विमानस्थल अध्यागमनका १३ कर्मचारीको सरुवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:o५:oo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका १३ जना कर्मचारीको सरुवा भएको छ। गृह मन्त्रालयले बिहीबार नासु र कम्प्युटर अपरेटरहरूको सरुवा गरेको हो।

गृह मन्त्रालय स्रोतका अनुसार नौ नासुको सरुवा भएको छ। त्यस्तै, तीनजना कम्प्युटर अपरेटर र एक सहायक कम्प्युटर अपरेटरको पनि सरुवा भएको छ। यी सबै दरबन्दीभन्दा बढी कार्यरत रहेका कर्मचारी हुन्।

गृह मन्त्रालयअन्तर्गत रहेका उनीहरूलाई काजमा विमानस्थल पठाइएको थियो। गृह प्रशासनले उनीहरूलाई अध्यागमन पठाएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिले अध्यागमनमा भिजिट भिसाको सेटिङमाथि विस्तृत अनुसन्धान अघि बढाएको छ। बुधबार अख्तियारले विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको थियो। उनीसँगै अरू चारजनालाई पनि नियन्त्रणमा लिएर अख्तियारले छानबिन गरिरहेको छ।

उनीहरूबाट बरामद दर्जनभन्दा बढी कम्प्युटर, ल्यापटप, मोबाइललगायतका डिभाइसको पनि फरेन्सिक परीक्षण भइरहेको छ। भिजिट भिसाको सेटिङमाथि अख्तियारले छानबिन थालेपछि अहिले अध्यागमनमा भागाभाग छ।