१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ४ आइतबार
  • Sunday, 18 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ४ आइतबार १o:१९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनआइसी एसिया लघुवित्तले दियो कुखुरापालन तालिम 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ४ आइतबार १o:१९:oo

एनआइसी एसिया लघुवित्तले किसानलाई कुखुरापालन तालिम दिएको छ । लघुवित्तको लुम्बिनी प्रदेशअन्तर्गतको शमशेरगन्ज शाखाले दुईदिने आधारभूत कुखुरापालन तालिम दिएको हो । विपन्न वर्गको उत्थानका लागि आयोजित कार्यक्रम ३० देखि ३१ वैशाखसम्म चलेको थियो । 

कार्यक्रममा शमशेरगन्ज शाखाप्रमुख मधु शाह, पशु विकास अधिकृत पूर्णबहादुर खत्री, अनुगमन अधिकृत बुद्धिराम चौधरीको उपस्थिति रहेको थियो । तालिमबाट २८ जना सदस्य लाभान्वित भएको बताइएको छ । तालिममा सहभागी सबैलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।