१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ४ आइतबार
  • Sunday, 18 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ४ आइतबार १७:२५:oo
Read Time : < 1 मिनेट
समाचार

स्याउ बोकेको ट्रकमा तस्करीको सुन भेटियो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ४ आइतबार १७:२५:oo

रसुवागढी नाकाबाट स्याउ बोकेर काठमाडौं आउँदै गरेको ट्रकमा सुन भेटिएको छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा सुन भेटिएको हो। 

प्रहरीका अनुसार सुनका सातवटा बिस्कुट भेटिएको छ। जसको तौल लिने काम भइरहेको प्रहरीको भनाइ छ। बरामद सुन करिब सात केजी भएको आकलन छ। 

प्रहरीले ट्रकका चालकलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ। सुराकीको आधारमा प्रहरीले ट्रक नियन्त्रणमा लिएर चेकजाँच गर्दा सुन भेटिएको हो।