
जुम्लाको गुठीचौर गाउँपालिका– २ को झुलेनीमा चट्याङ लागेर २२ वटा भेडाबाख्रा मरेका छन्।
गुठीगाउँका हिरबहादुर ऐडीका १६ र धनकृष्ण रोकायाका ६ वटा भेडाबाख्रा मरेको गुठीचौर– २ का स्थानीय धनबहादुर बोहराले बताए। चराएर घर ल्याउन रुखमुनि जम्मा गरी राखेको अवस्थामा चट्याङ लागेर २२ वटा भेडाबाख्रा मरेका हुन्।
यता, कालीकोटको पलाँता गाउँपालिका– ८ मा चितुवाको आक्रमणबाट वनमा चरिरहेका एकै बगालका सातवटा बाख्रा मरेका छन्। हिउँटाला हिउँचुली सामुदायिक वनमा नाइवाडाका करबहादुर बमका सात बाख्रा एकै क्षेत्रमा मरेको अवस्थामा भेटिएको जिल्ला वन कार्यालय कालीकोटका फरेस्टर टक्कबहादुर बमले जानकारी दिए।