१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २ शुक्रबार
  • Friday, 16 May, 2025
२o८२ जेठ २ शुक्रबार ११:o१:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

कतारबाट विमान उपहार लिने ट्रम्पको निर्णय विवादमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २ शुक्रबार ११:o१:oo

कतारले अमेरिकी राष्ट्रपतिको औपचारिक प्रयोगका लागि ‘बोइङ ७४७–८’ उपहार दिने भएपछि अमेरिकी राजनीति तरंगित भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ बोइङ विमान नआउँदासम्म उक्त विमान अस्थायी रूपमा प्रयोग गरिने बताएका छन् ।

अमेरिकी पत्रिका ‘द हिल’का अनुसार कतारको शाही परिवारले संयुक्त राज्य अमेरिकालाई उपहार दिन लागेको विमानको मूल्य ४० करोड अमेरिकी डलरजति पर्छ । यदि स्विकारियो भने यो अमेरिकी सरकारलाई विदेशको कुनै सरकारले दिएको सबैभन्दा महँगो उपहार हुनेछ । 

बोइङ विमान स्वीकार गर्ने समाचार बाहिरिएपछि विपक्षी डेमोक्य्राटिक पार्टी र नियमनकर्ताले सामाजिक सञ्जालमार्फत निर्णयप्रति आश्चर्य व्यक्त गर्दै आलोचना गरेका छन् । केहीले यो उपहारले देशको संविधान उल्लंघन हुने उल्लेख गरेका छन् । अमेरिकी संविधानको धारा एक, खण्ड ९ र दफा ८ ले ‘सरकारी पदधारकलाई कुनै पनि प्रकारको पहार लिन’ बन्देज लगाएको छ । ट्रम्पले भने बोइङ ७४७ आफूलाई नभएर अमेरिकी वायु सेना÷रक्षा मन्त्रालयलाई दिइन लागेको बताएका छन् । 

संविधानप्रतिकूल कदमका अतिरिक्त विदेशी सरकारबाट यति ठुलो उपहार लिएपछि राष्ट्रपति सो देशका सरकारप्रति अनुग्रहित हुने पनि चिन्ता केहीले व्यक्त गरेका छन् । यसले देशका नीति कार्यान्वयन वा सो देशको सरकारसँगको सम्झौतामा प्रभावित हुने तिनले चेतावनी दिएका छन् । 

राष्ट्रपति ट्रम्पले भने विमान उपहार लिने आफ्नो निर्णयको बचाउ गर्दै उपहार स्विकार्दा करोडौँ डलर जोगिने बताउँदै जोगिएको रकमलाई ‘अमेरिकालाई फेरि महान् बनाउन’ खर्च गरिने बताए । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट सेयर गर्दै अमेरिकी रक्षा मन्त्रालयका लागि माग भएका बोइङ जेटको डेलिभरी धेरै ढिलो हुने देखिएकाले यसले ढिलाइको पूर्ति गर्ने बताएका छन् ।

‘यो उपहार हामीले वर्षौंदेखि प्रतिरक्षा गर्दै आएको एउटा राष्ट्र कतारद्वारा अमेरिकालाई दिइएको उपहार हो । यसलाई हाम्रो सरकारले नयाँ बोइङहरू नआउँदासम्म अस्थायी एयर फोर्स वनको रूपमा प्रयोग गर्नेछ,’ ट्रम्पले लेखेका छन्, ‘राम्रो कामका लागि कसैले इनाम दिन चाहन्छ भने त्यो नस्विकार्नु मूर्खता मात्र हो ।’ ह्वाइट हाउसकी प्रेस सचिव कारोलिन लेभिटले सरकारले पाएको चन्दा वा उपहार कानुनको पूर्ण पालना गर्दै स्विकारिने बताइन् ।