१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २ शुक्रबार
  • Friday, 16 May, 2025
२o८२ जेठ २ शुक्रबार १७:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महोत्तरीमा भारतीय टुरिस्ट बसको ठक्करबाट एक महिलाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २ शुक्रबार १७:२५:oo

महोत्तरीमा बिहीबार स्कुलबसले किचेर मोटरसाइकल सवार युवाको मृत्यु भएको घटना सेलाउन नपाउँदै शुक्रबार अपराह्न पुनः अर्को सवारी दुर्घटनामा महिलाको मृत्यु भएको छ।

एमपी १३ पी ७७३३ नम्बरको भारतीय टुरिस्ट बसले ठक्कर दिँदा जलेश्वर नगरपालिका– २, सिनेमा हल चोकमा जलेश्वर नगरपालिका– १० सारी निवासी ५० वर्षीया सञ्जु ठाकुरको मृत्यु भएको हो। बसको ठक्करबाट घाइते भएकी ठाकुरलाई प्रादेशिक अस्पताल जलेश्वरमा प्राथमिक उपचारपछि थप उपचारका लागि न्युरो अस्पताल जनकपुर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

घटनालगत्तै भारतीय बस र चालक भारतको मध्यप्रदेश जोतपुर रोड खेडी ग्रामनिवासी ३९ वर्षीय जितेन्द्र मुवेललाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी शैलेन्द्रकुमार भट्टले जानकारी दिए। उनले मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको बताए।