१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २ शुक्रबार
  • Friday, 16 May, 2025
नवीन गुरुङ संखुवासभा
२o८२ जेठ २ शुक्रबार o९:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संखुवासभामा एक घरमा आगलागी हुँदा १५ लाखको क्षति

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८२ जेठ २ शुक्रबार o९:५५:oo

संखुवासभाको सिलिचोङ गाउँपालिका– २, बालामा एक घरमा आगलागी हुँदा १५ लाखको क्षति भएको छ । गएराति करिब ९ बजेतिर बालाका पेलुम्बा टोलका स्थानीय भक्तबहादुर कुलुङको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

जस्तापाताले छाएको दुईतले घर जलेर पूर्ण रूपमा नष्ट हुँदा १५ लाखबराबरको क्षति भएको प्रहरीले जनाएको छ।आगलागीबाट घरभित्र रहेको अन्नपात, लत्ताकपडा र महत्त्वपूर्ण कागजात जलेर नष्ट भएको जनाएको छ।

घरभित्रको अँगेनामाथिको सराङमा सुकाएको कोदोबाट आगो लाग्न सुरु भएको बुझिएको स्थानीय राजन मेवाहाङले बताए। आगलागीबाट मानवीय क्षति भने भएको छैन ।