
गृहमन्त्री रमेश लेखकले सत्तासाझेदार प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले)बिचमा सरकार सञ्चालनका विषयमा समस्या नभएको स्पष्ट पारेका छन्। सप्तरीको राजविराजस्थित नेपाल पत्रकार महासंघद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेस र एमालेबिचको समीकरण विघटन हुँदैन, झन् सुदृढ हुने बताए ।
गृहमन्त्री लेखकले भने, ‘देश राजनीतिक स्थायित्व र सुशासनतर्फ अगाडि बढिरहेको छ । वर्तमान सरकारले बिग्रेको अर्थतन्त्रलाई सुधार गरेर लयमा ल्याउँदै छ । शान्तिप्रक्रियाको बाँकी काम टुंग्याउन लागिरहेको छ ।’ उनले आवश्यक कानुन निर्माण र संघीयतालाई बलियो बनाउन सरकारले उच्च प्राथमिकता दिएको जानकारी दिए।