Skip This
चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ काठमाडाैंमा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १ बिहीबार
  • Thursday, 15 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ १ बिहीबार o८:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ काठमाडाैंमा

उपाध्यक्ष सियाओ नेतृत्वको संसदीय प्रतिनिधि मण्डल सगरमाथा संवादमा सहभागी हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ १ बिहीबार o८:२६:oo

चीनको राष्ट्रिय जनकांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी चारदिने नेपाल भ्रमणका लागि  काठमाडौं आइपुगेका छन् । 

उपसभामुख इन्दिरा रानामगरको निमन्त्रणामा १५ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका उपाध्यक्ष सियाओ सरकारले आयोजना गरेको सगरमाथा संवादमा सहभागी हुने कार्यक्रम छ । 

बिहीबार राति ११:५ मा काठमाडौं आइपुगेका उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, नेपाल–चीन संसदीय मैत्री समूहका संयोजक नारायणकाजी श्रेष्ठ, नेपालका लागि चीनका राजदूत छङ सोङ, संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलगायतले स्वागत गरेका थिए ।

उपाध्यक्ष सियाओले प्रधानमन्त्री केपी ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग भेट गर्ने कार्यतालिका छ । यसैगरी उपसभामुख इन्दिरा राना मगरसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।

उनको सम्मानमा उपसभामुख रानाले आज साँझ रात्रिभोजको आयोजना गर्दै छिन् । उपाध्यक्ष सियाओ नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले सगरमाथा संवादमा सहभागी हुनुका साथै काठमाडौंको बौद्धनाथ, स्वयम्भूनाथ, वसन्तपुर दरबार क्षेत्र तथा भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्ने कार्यक्रमसमेत रहेको संघीय संसद्का प्रवक्ता एकराम गिरीले जानकारी दिए । प्रतिनिधिमण्डल भ्रमण सम्पन्न गरी जेठ ३ गते दिउँसो चीन फर्कने कार्यक्रम रहेको छ ।