
नबिल बैंकले बौद्ध शाखामा पाँचौँ प्रायोरिटी बैंकिङ लाउन्ज सुरु गरेको छ । बैंकका डेपुटी सिइओ भूपेन्द्र पाण्डेले एक कार्यक्रमबिच उक्त लाउन्जको उद्घाटन गरेका हुन् । ग्राहकलार्ई गुणस्तरीय सेवा दिने प्रतिबद्धताअनुरूप लाउन्ज सुरु गरिएको बैंकले जनाएको छ । बैंकले यसअघि तीनधारा, ललितपुर, महारागन्ज र कौशलटार शाखाबाट प्रायोरिटी बैंकिङ सुविधा प्रदान गर्दै आएकोे छ ।
लाउन्ज उद्घाटन गर्दै डेपुटी सिइओ पाण्डेले भने, ‘नबिल बैंक ग्राहकलाई विश्वस्तरीय बैंकिङ सेवा प्रदान गर्न प्रतिबद्ध छ । ग्राहकको सुविधालाई ध्यानमा राखेर हामीले प्रायोरिटी बैंकिङ शाखा विस्तार गरेका हौँ,’ उनले भने, ‘ग्राहकसँग कारोबारमा मात्रै सीमित नभई दीर्घकालीन सम्बन्ध बनाउनेमा हामी विश्वास गर्छौँ ।’
नबिल प्रायोरिटी बैंकिङ सेवामार्फत ग्राहकले रिलेसनसिप म्यानेजरसँग सम्पर्क, व्यक्तिकेन्द्रित सेवा, सहज बैंंकिङ लाउन्जको पहुँच, छिटो र छरितो सेवा लिन, वित्तीय समाधान तथा लगानीसम्बन्धी सल्लाहलगायतका सेवा लिन सक्ने जनाइएको छ । बैंकले देशभरका दुई ६८ शाखा र तीन सय २० एटिएमबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।