
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगर ६ दिने भ्रमणका लागि शनिबार बिहान बंगलादेश प्रस्थान गरेकी छिन्। बंगलादेशको राजधानी ढाकामा हुने पत्रकार महिलाको सम्मेलनमा सहभागिताका लागि उपसभामुख राना बंगलादेशको राजधानी ढाका प्रस्थान गरेकी हुन्।
इनिसिएटिभ्स अफ मिडिया वुमन नेपालले बंगलादेशस्थित नेपाली दूतावास र संयुक्त परिषद्सँगको सहकार्यमा वैशाख २८ मा आयोजना गरेको कार्यक्रममा उपसभामुख रानाले प्रमुख वक्ताको रूपमा सम्बोधन गर्नेछिन्। उनले कार्यक्रममा पछिल्लो समयमा मिडियाका क्षेत्रदेखि साझा समस्या र चुनौती, सामाजिक तथा सांस्कृतिक दृष्टिकोण र दक्षिण एसियाभरि जिम्मेवार पत्रकारितामा महिलाको निर्णायक भूमिकामा केन्द्रित रहेर सम्बोधन गर्ने कार्यक्रम छ।
उपसभामुख राना जेठ १ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।