१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
शिवहरि घिमिरे काठमाडाैं
Invalid date format १o:४२:oo
Read Time : > 2 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

अभिभावकको आँखा खोलिदिने झिल्को

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:४२:oo

बिहान उठेदेखि राति नसुतेसम्म मानिसले साथमै बोकिरहने कुनै डिभाइस हुन्छ भने त्यो मोबाइल फोन नै होला । अचेल हरेक नेपालीमा मोबाइल फोन तथा ग्याजेट प्रयोग लतजस्तै भइसकेको छ । के बालबालिका, के बुढाबुढी त के वयस्क । सबै यसको ‘लत’ मा छन् । साथमा बरु अन्य कोही नभए नहोस्, तर मोबाइल फोन हुनैपर्ने अवस्था छ । 

के तपाईंलाई थाहा छ, मोबाइल फोन र यसमा आउने विभिन्न भिडियो कन्टेन्टले बालबालिका र पारिवारिक जीवनमा कस्तो असर पारिरहेको छ ? कलिलो मस्तिष्क र संवेदनशील उमेरका बालबालिकाको सिकाइलाई मोबाइलले फाइदा गरेको छ त ? तपाईंले पनि एकैछिन त हो नि भनेर बालबालिकालाई मोबाइल हेर्न दिइरहनुभएको छ ? वा घरपरिवारमा समय दिनुहुन्न ? यस्ता प्रश्नको उत्तर खोज्न चाहनुहुन्छ भने चलचित्र भिल्को हेर्नुहोस् ।

डिजिटल डिभाइसको ‘लत’ले कसरी झिल्को बलिरहेको छ र समाजलाई असर गरिरहेको छ भन्ने मार्मिक कथा चलचित्रले समेटेको छ । गत शुक्रबार रिलिज भएको यो चलचित्रले मोबाइल प्रयोगले बालबालिकाको जीवन कसरी समाप्त पार्दै छ भन्ने एउटा दरिलो दलिल पेस गरेको छ । 

चलचित्रमा बालबालिकामा देखिएको डिजिटल लतलाई निकै मार्मिक र गहिरो ढंगले प्रस्तुत गरिएको छ । यादवप्रसाद भट्टराईद्वारा निर्मित यस चलचित्र हेर्दा धेरैलाई लाग्छ, यो त घरघरको समस्या हो । डिजिटल लत, सामाजिक सञ्जाल र भाइरल मिडियालाई केन्द्रमा राखेर निर्माणमा गरिएको चलचित्र निकै ज्ञानवर्द्धक छ । डेढ घण्टा हाराहारीको चलचित्र हेरिरहूँ लाग्दालाग्दै सकिन्छ । चलचित्रले उठान गरेकोे मोबाइल लतसम्बन्धी बालिकाको कथा निकै मार्मिक र चोटिलो छ । प्रविधि प्रयोग गर्न जाने हिरो र नजाने जिरो भन्ने उदाहरण चलचित्रले दिएको छ । प्रविधिको दुरुपयोगले निम्त्याउन सक्ने खतरालाई बालबालिकासँग जोडेर निर्माण गरिएको चलचित्र हरकोहीका लागि अति नै महत्वपूर्ण छ । 

भोलिका दिन हाम्रो समाज प्रविधि र मोबाइलतिर अझै भर पर्ने निश्चित छ । कृत्रिम वस्तुले मानिस–मानिसबिचको सौहार्द सम्बन्ध कसरी सकाउँदै छ भन्ने विषय चलचित्रले बुझाउन खोजेको छ । चलचित्रमा कुनै द्वन्द्व र भिलेनको भूमिका भने देख्न पाइँदैन । छोटो समयमा धेरै प्रसंग देखाउन खोज्दा कतिपय प्रश्नको उत्तर चलचित्रमा भेटाउन सकिँदैन । 

भाइरल कन्टेन्ट बनाउन खोलिएको सञ्चार माध्यम (अनलाइन मिडिया) डुबेको विषयलाई पनि चलचित्रमा आकर्षक शैलीमा देखाइएको छ । साथै ती अनलाइन मिडियाले कसरी भाइरल कन्टेन्ट तयार पार्छन्, अरूको जीवनमाथि खेलबाड गर्छन् र पारिवारिक कलह निम्याउँछन् भन्ने विषय समेटिएको छ । अरूको गोपनीयता भंग गरेको, भाइरल कन्टेन्ट बनाउनतिर ध्यान दिँदा आफ्नै घरभित्र समस्या निम्तिएकोलगायत विषयलाई चलचित्रमा पेचिलो रूपमा प्रस्तुत गर्न खोजिएको छ । चलचित्रले बोकेको मूल सन्देश प्रविधिको दुरुपयोग नै हो ।

बाबुआमाले समय नदिँदा बालबालिकामा कस्तो असर पर्छ, कसरी मानिस एक्ला बनिरहेका छन् ? भन्ने विषयलाई पनि बडो संवेदनशील रूपमा देखाउन खोजिएको छ । बाबु आफ्नै काममा व्यस्त र छोरीलाई मोबाइल लत लाग्दा स्कुलमा अन्य बालबालिकाभन्दा फरक व्यवहार देखाएको र पढाइमा रुचि नगएको विषय निकै मार्मिक छ । यस्तै, सामाजिक सञ्जालको लाइभमा बस्दा दुध उम्लिएको, घरमा छोरीले समय नपाएको, श्रीमान्सँग सम्बन्ध धमिलो हुन पुगेको विषयसमेत चलचित्रले उठान गरेको साथै बालबालिकालाई बढी मोबाइल दिँदा स्कुलमा अन्य साथी खेल्दा एक्लो बनेको, अरूसँग नबोल्ने, झर्किने, रुने, चिमोट्ने, सामान फाल्ने, फुटाउनेलगायत फरक बानी व्यवहार देखाउन थालेको विषयलाई प्रस्तुत गरिएको छ । 

भाइरल कन्टेन्ट बनाउने मिडियालाई गतिलो झापड 
चलचित्रमा समाजप्रति असंवेदनशील सामग्री पस्कने अनलाइन मिडियाकर्मी र पारिवारिक बेमेल निम्त्याउन उक्साउने मानव अधिकारकर्मीलाई बडो मज्जासँग झापड हानिएको छ । समाजलाई दिग्भ्रमित पारिरहेको अनलाइन सञ्चार माध्यमलाई पनि चलचित्रले छोएको छ । अनलाइनमा कसरी भाइरल कन्टेन्ट तयार पारिन्छ र भाइरलको पछि लाग्दा कस्तो घटना निम्तिन्छ भन्ने उदाहरण पात्रले भोगेको देख्न पाइन्छ । पारिवारिक सम्बन्ध बिगार्न उद्यत् सोसल मिडियाकर्मी, मानव अधिकारकर्मीलाई चलचित्रले व्यंग्य गरेको छ । अरू बालबालिकाको असंवेदनशील भिडियो र भाइरल कन्टेन्ट बनाउनतिर लागिरहेको वेला आफ्नै परिवारमा निम्तिएको समस्या र अरूका बालबालिका हराएको विषयमा भाइरल कन्टेन्ट तयार पारिरहेको वेलामा आफ्नै छोरी हराएको दृश्यले झसंग बनाउँछ । चलचित्रमा आफ्नै घर बिग्रिएको नदेख्ने तर अरूका घर बिगार्न र परिवारमा फाटो ल्याउन अग्रसर भाइरल मिडियामा कार्यरतलाई होसियारसमेत बनाउन खोजिएको छ ।