१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
Invalid date format १o:२७:oo
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

भारत–पाकिस्तान द्वन्द्व : आइपिएल एक सातालाई स्थगित

आइपिएलका १६ खेलअघि भारत र पाकिस्तानबिच द्वन्द्व चर्किएपछि बाँकी खेल रोकिए

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:२७:oo

दुई छिमेकी राष्ट्र भारत र पाकिस्तानबिचको द्वन्द्वका कारण इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ का खेल एक साताका लागि स्थगित भएको छ । शुक्रबार भारतीय क्रिकेटको सर्वोच्च निकाय बिसिसिआईले आइपिएल २०२५ का फाइनलसहित बाँकी १६ खेल तत्काललाई एक साताका लागि रोकेको छ । यसैबिच पाकिस्तानले पनि पाकिस्तान सुपर लिग (पिएसएल) युएईमा सारेको छ । 

पहलगामको आक्रमणपछि दुई देशले एक–अर्कालाई रकेट आक्रमण गर्न थालेका छन् । बिहीबार राति आइपिएलको ५८औँ खेल धर्मशालामा भएको थियो । पन्जाब किंग्स र दिल्ली क्यापिटल्सबिचको खेल १०.१ ओभरपछि रद्द गरियो । खेल भइरहँदा फ्लड लाइट बन्द गर्नुपरेको थियो । आइपिएलअन्तर्गत शुक्रबार लखनउमा लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिच हुने तय थियो । तर, बिहीबारको घटनापछि बिसिसिआई प्रतियोगिता एक साता सार्न बाध्य भएको हो । 

यसैबिच भारतमा खेल्न आएका विभिन्न देशका खेलाडीले आफ्नो देश फर्कन चाहेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार सहभागी टिमले पनि खेलाडीलाई घर फर्काउन तयार भएको बताइन्छ । त्यस्तै, अगस्टमा भारत र बंगलादेशबिच हुने भनिएको खेल पनि रद्द हुने देखिएको छ । बिसिसिआई यसअघि सन् २००९, २०१४, २०२० र २०२१ मा पनि आइपिएलका खेल देशबाहिर खेलाएका कारण आगामी खेल पनि भारतबाहिर लैजाने योजनामा छ । स्थगित आइपिएलमा १० मध्ये तीन टिमको प्लेअफ सम्भावना समाप्त भइसकेको छ । चेन्नई सुपर किंग्स, राजस्थान रोयल्स र सनराइजर्स हैदराबादको आशा सकिँदा बाँकी सात टिमको भने आशा बाँकी छ । १८औँ आइपिएलको प्लेअफ सम्भावना बाँकी रहेका टिम यस्ता छन् :

गुजरात टाइटन्स, अंक : १६, स्थान– १ 
गुजरात टाइटन्सले आइपिएल २०२५ मा तीन खेल बाँकी रहँदा शीर्ष स्थान कब्जा गरेको छ । शुभमन गिलको कप्तानीमा टिमले अब चेन्नई, लखनउ सुपर जायन्ट्स र दिल्लीसँग खेल्न बाँकी छ । टोलीले हालसम्म ११ खेल खेल्दा आठ जित र तीन हार व्यहोर्दै १६ अंक जोडेको हो । टोली पहिलो खेलमा पन्जाब किंग्ससँग ११ रनले पराजित भयो । तर, त्यसपछिका चार खेलमा जित निकाल्न सफल भएको थियो । फेरि लखनउ सुपर जायन्ट्सँग पराजित हुँदा दिल्ली र कोलकातालाई नै हरायो । त्यसपछि राजस्थानसँग पराजित हुँदा पछिल्लो दुई खेलमा सनराइजर्स हैदराबादलाई ३८ रन र मुम्बई इन्डियन्सलाई तीन विकेटले हराएको हो । जारी लिगमा साई सुदर्शनले ५०९ रन र गिलले ५०८  रन बनाउँदा प्रसिद्ध कृष्ण २० विकेट लिन सफल भएका छन् । 

पन्जाब किंग्स, अंक : १५, स्थान– ३
११ मध्ये सात जित र तीन बराबरी खेलेको पन्जाब किंग्स १५ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । अब टोलीले राजस्थान, मुम्बई र दिल्लीमध्ये दुई टोलीलाई जितेपछि प्लेअफ पक्का गर्नेछ । यसअघिका खेलमा टोलीले लखनउ र चेन्नईलाई पराजित गरेको थियो । टोलीको यात्रामा प्रवसिमरन सिंहले ४८७ रन बनाएका छन् । उनले १२ इनिङ्समा पाँचपटक अर्धशतक बनाउँदा धेरै रन बनाउनेको सूचीमा छैटौँ स्थानमा छन् । यस्तै, प्रिन्स आर्याले ४१७ रन बनाएका हुन् । पन्जाबका अर्शदीप सिंहले १६ विकेट लिँदै आफूलाई उच्च विकेटकर्ताको सूचीको छैटौँ स्थानमा उभ्याएका छन् । 

कोलकाता नाइट राइडर्स, अंक : ११, स्थान– ६
साबिक विजेता कोलकाताका लागि यो सिजन खासै प्रभावकारी रहन सकेको छैन । टोलीको प्रदर्शन औसत छ । १२ खेल खेलिसक्दा टोली प्लेअफको संघारमा छ । अब बाँकी दुई खेलमा आरसिबी र हैदराबादलाई हराएर मात्रै पुग्दैन, अन्य टोलीको नतिजासमेत कुर्नुपर्नेछ । टोली यसपटक पहिलो खेलमै आरसिबीसँग सात विकेटले पराजित भएको थियो । त्यसपछि मुम्बई, लखनउ, पन्जाब र गुजरातसँग पराजित भएको हो । टोलीका कप्तान अजिन्या रहानेले १२ इनिङ्समा मात्र ३७५ रन बनाएका छन् । यता, बलिङतर्फ बरुन चक्रवर्तीले १७ विकेटसहित उच्च विकेटकर्ताको पाँचौँ स्थानमा आफूलाई उभ्याएका छन् । 

मुम्बई इन्डियन्स, अंक : १४, स्थान– ४
मुम्बई इन्डियन्स आइपिएलको सदावहार उपाधि दाबेदार हो । यसपटक पनि टोलीले उपाधि दाबेदारीमा चुनौती दिइरहेको छ । १२ खेल खेल्दा टोली सात जित र पाँच हारपछि १४ अंक जोडेर चौथो स्थानमा रह्यो । अब टोलीले बाँकी दुई खेलमा दिल्ली र पन्जाबलाई हराउनुपर्नेछ । यदि एक हारले पनि मुम्बईको सम्भावना कमजोर बन्नेछ । पछिल्लो खेलमा गुजरातसँग तीन विकेटले पराजित भएपछि मुम्बईको सम्भावना कमजोर बनेको थियो । सुरुका पाँचमध्ये चार खेलमा पराजित भएपछि दबाबमा आएको मुम्बईले पछिल्ला सातमध्ये ६ खेलमा जित निकाल्न सफल भएको थियो । मुम्बईका सूर्यकुमार यादवले ५१० रन बनाउँदै धेरै रन बनाउनेको सूचीमा शीर्ष स्थानमा छन् ।

रोयल च्यालेन्जर्स बेंगलुरु, अंक : १६, स्थान– २
शीर्ष स्थानको गुजरातसँग समान १६ अंक भए पनि रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) आइपिएलमा नेटरन रेटका आधारमा दोस्रो स्थानमा छ । टोलीले ११ मध्ये आठ खेलमा जित निकालेको छ । तीन बराबरी खेल्दा १६ अंक जोड्यो । पूर्वकप्तान विराट कोहली ५०५ सहित सर्वाधिक रन बनाउनेको पाँचाैँ स्थानमा छन् । बलिङतर्फ जस हैजलबुडले १८ विकेटसहित तेस्रो स्थान कब्जा गरेका छन् । आरसिबी पछिल्लो चार खेलमा अपराजित यात्रा कायम राख्न सफल भएको छ । अब टोलीले लखनउ, हैदराबाद र कोलकातासँग खेल्न बाँकी रहेको छ । यसअघि टोलीले पन्जाब, दिल्ली र गुजरातसँग मात्रै हार व्यहोरेको छ ।

दिल्ली क्यापिटल्स, अंक : १३, स्थान– ५
सुरुका चार खेलमा लगातार जित निकाल्दै दिल्ली क्यापिटल्सले बलियो चुनौती पेस गरेको थियो । तर, त्यसपछिका ६ खेलमा मात्र दुई जित निकालेपछि टोलीको प्रदर्शन घट्दै गयो । पछिल्ला दुई खेलमा भने टोली अभागी रह्यो । दुवै खेलमा अंक बाँड्न बाध्य भयो । टोलीले आगामी दुई खेलमा मुम्बई र गुजरातसँग खेल्दै छ । यो दुवै खेल टोलीले जितेर पनि प्लेअफ पुग्ने अवस्था छैन । सुरुका चारमध्ये कुनै टिमले हार पनि व्यहोर्नुपर्नेछ । दिल्लीका लागि यो सिजनमा मिचल स्टार्कले १४ विकेट लिएका छन् । केएल राहुल ३८१ रन बनाउन सफल भएका हुन् ।

लखनउ सुपर जायन्ट्स, अंक : १०, स्थान– ७
लखनउ सुपर जायन्ट्सको प्लेअफ पुग्ने सम्भावना अझै बाँकी छ । टोलीको अंकगणितीय सम्भावना अझै छ, तर निकै कठिन पनि । लखनउले ११ खेल खेल्दा मात्र पाँच जित निकाल्यो । ६ खेलमा पराजित हुँदा १० अंकसहित सातौँ स्थानमा रहेको छ । अब टोलीले बाँकी तीन खेलमा आरसिबी, गुजरात र हैदराबादलाई हराउनैपर्ने अवस्था छ । तर, टोलीले पछिल्ला तीन खेलमा पराजित हुँदा दबाबमा पनि उत्तिकै छ । यसअघि टोलीले सुरुका ६ मध्ये चार खेल जित्दै उत्कृष्ट सुरुवात गरेको थियो । तर, त्यो लयलाई कायम राख्न नसक्दा प्लेअफका लागि निकै संघर्ष गर्नुपरेको छ ।