१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २३ मंगलबार
  • Tuesday, 06 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २३ मंगलबार १७:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वामपन्थी नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको पशुपतिमा अन्त्येष्टि गरिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २३ मंगलबार १७:o५:oo

वामपन्थी नेता एवं पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री स्वर्गीय प्रदीप नेपालको पार्थिक शरीरलाई केहीबेरमै पशुपतिमा अन्त्येष्टि गरिने भएको छ। थापाथलीस्थित नर्भिक अस्पतालमा नेता नेपालको केहीबेरअघि निधन भएको हो।

स्वर्गीय नेपालका भाइ समीरका अनुसार उनको पार्थिक शरिरलाई केहीबेरमा पशुपतिस्थित विद्युतीय शवदाहमा अन्त्येष्टि गरिनेछ। ‘केहीबेरपछि पशुपतिमै अन्तिम श्रद्धाञ्जलीसहित उहाँको पार्थिक शरिरको अन्त्येष्टि गरिनेछ,’ समीरले नयाँ पत्रिकासँग भने।

नेता नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए। स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई गोठाटार काँडाघारीनिवासबाट नर्भिकस्थित आइसियूमा उपचारका लागि ल्यााइएको थियो। प्रगतिशील लेखकसमेत रहेका नेता नेपालको थुप्रै पुस्तकहरूसमेत प्रकाशित छन्।

कोअर्डिनेसन केन्द्र, तत्कालीन नेकपा माले हुँदै पटक-पटक एमाले स्थायी समिति सदस्य रहेका उनी नवौँ महाधिवेशनमा उपाध्यक्ष पदका प्रत्यासी बनेका थिए। पाँच दशकभन्दा बढी समय कम्युनिस्ट आन्दोलनमा सक्रिय उनी पछिल्लोपटक एमालेमा विभाजन आएपछि अस्वस्थताका कारण सक्रिय थिएनन्।

नेकपा एसले पार्टी विभाजन गर्दा उनकोसमेत नाम राखेको थियो। विभाजनका कारण असन्तुष्ट उनी स्वास्थ्य अवस्थाका कारण एमाले र नेकपा एस कतै पनि सक्रिय थिएनन्। दुवै पार्टीका नेताहरूले वेला-वेला उनको निवास पुगेर स्वास्थ्य अवस्थाको जानकारी लिएर स्वास्थ्यलाभको कामना गर्ने गरेका थिए।