१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २२ सोमबार
  • Thursday, 08 May, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ बैशाख २२ सोमबार १२:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रेशम चौधरीको पक्राउबारे जवाफ नदिए सरकार छाड्ने नाउपाको चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ बैशाख २२ सोमबार १२:३९:oo

नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको पक्राउबारे चित्तबुझ्दो जवाफ नदिए सरकार छाड्ने चेतावनी दिएको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद लालवीर चौधरीले यस्तो चेतावनी दिएका हुन् ।

यही वैशाख १७ गते नाउपा र जनमत पार्टीबिच एकीकरण गर्ने तय भएको थियो । एकीकरण घोषणाका लागि प्रज्ञा भवनमा पुगेका वेला रेशम चौधरी पक्राउ परेका थिए ।

एकीकरण सभामा पुगेका रेशम चौधरीलाई अपहरण शैलीमा एकाएक डिल्लीबजार कारागार पुर्‍याइएको उल्लेख गर्दै लालवीर चौधरीले सरकारले यो घटनाका सम्बन्धमा जवाफ दिनुपर्ने माग गरेका छन् ।

अदालतबाट पक्राउ गर्ने भनेर काटिएको पुर्जीलाई फर्जी भनिएको उल्लेख गर्दै उनले थपे, ‘यो घटनाका सम्बन्धमा सरकारको अभिव्यक्ति नआएको हुनाले म यसै सदनमा भोलिका दिनमा प्रधानमन्त्री, गृहमन्त्रीले जवाफ दिनुभएन भने हामी सरकार छोड्न बाध्य भएर हामी बाहिरिन तयार हुन्छौँ ।’