१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 07 May, 2025
Invalid date format o७:o२:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पुलिस र इरानी टिम उपाधिका लागि खेल्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:o२:oo

विभागीय टोली नेपाल पुलिस क्लब र इरानी टोलीले पहिलो लायन्स कप पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । आइतबार पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा इरानी टोलीले अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित ग¥यो । पहिलो सेमिफाइनलमा इरानी टोली समूह ‘ए’को विजेता र आर्मी समूह ‘बी’को उपविजेताका रूपमा प्रवेश गरेका थिए । दोस्रो खेलमा समूह ‘बी’को विजेता पुलिसले समूह ‘ए’को उपविजेता अर्काे विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । 

आर्मीले इरानी टोलीविरुद्ध पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो । तर, त्यसपछिका तीन सेट लगातार जित्दै इरानी टिम अन्तिम दुईमा स्थान बनाउन सफल भयो । इरानी टोलीले दोस्रो सेट २५–२०, तेस्रो सेट २८–२६ र चौथो सेट २६–२४ ले आफ्नो पक्षमा पारेको हो । 

पुलिसको सोझो जित
विभागीय डर्बीको दोस्रो सेमिफाइनलमा पुलिसले सोझो सेटमा जित निकाल्यो । पुलिसले पहिलो सेट २५–१७, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१५ ले जितेको हो । अब, सोमबार तेस्रो स्थानका लागि आर्मी र एपिएफ भिड्दा उपाधिका लागि इरानी टोली र पुलिसले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले चार लाख ४४ हजार ४४४ र उपविजेताले दुई लाख ४४ हजार ४४४ रुपैयाँ तथा तेस्रो हुने टोलीले एक लाख ४४ हजार ४४४ पाउनेछन् । यसैगरी सर्वोत्कृष्ट खेलाडीले १४ हजार ४४४ र विधागततर्फ उत्कृष्ट हुनेले समान आठ हजार ४४४ रुपैयाँ पाउनेछन् ।