१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १९ शुक्रबार
  • Friday, 02 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख १९ शुक्रबार ११:११:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

चलचित्र ‘महाराजधिराज’मा रमेश उप्रेती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख १९ शुक्रबार ११:११:oo

चलचित्र ‘महाराजधिराज’मा नायक रमेश उप्रेती अनुबन्ध भएका छन् । रमेश मुख्यमध्ये एक भूमिकामा अनुबन्ध भएका हुन् । रमेश लामो समयपछि चलचित्रमा फर्किन लागेका हुन् ।

चलचित्र ‘ऐश्वर्य’पछि उनले पहिलोपटक चलचित्रमा काम गर्न लागेका हुन् । यसबिचमा केही चलचित्रमा अनुबन्ध भए पनि रिलिज भएका छैनन् । केही गीतका भिडियोमा भने रमेश देखिएका छन् । ‘महाराजधिराज’लाई परिच्छेद सेनले निर्देशन गर्दै छन् ।

सिनेमा ‘महाराजधिराज’को पोस्टर यसअघि नै रिलिज भइसकेको छ । फूलपातीलाई प्रदर्शन मिति घोषणा गर्दै सिनेमामा अभिनेता पल शाहले मुख्य भूमिका निर्वाह गर्ने जानकारी निर्माण पक्षले यसअघि नै दिइसकेको छ ।

पोस्टरमा पललाई दुई अलग चरित्रमा देखाइएको थियो । जहाँ उनी एउटामा न्युड (वस्त्रविहीन) अवस्थामा सिंहासनमा बसेका छन् । अर्कोमा उनको पात्र शिरमा श्रीपेच र हातमा राजदण्डसहित राजर्षि पहिरनमा देखिएका थिए ।

सिनेमामा निर्देशक सेन स्वयंको लेखन रहेको छ । उनले यसअघि निर्देशन गरेको सिनेमा ‘प्रेमगन्ज’ समीक्षात्मक रूपमा अब्बल ठहरिएको थियो ।

‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्ट हुन् । उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्डसमेत जितेको थियो । सिनेमाको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् ।