१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १९ शुक्रबार
  • Friday, 02 May, 2025
२o८२ बैशाख १९ शुक्रबार १o:५९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

प्रदेश खेलकुद मन्त्रालयले हेटौँडामा स्पोर्टस् अवार्ड एन्ड युथ समिट गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख १९ शुक्रबार १o:५९:oo

बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयले प्रदेशको राजधानी हेटौँडामा स्पोर्टस् अवार्ड एन्ड युथ समिट गर्ने भएको छ । प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले कार्यक्रम यही जेठको पहिलो साता गर्ने जानकारी दिए । उनले स्पोर्टस् अवार्ड र समिट आयोजनाका लागि तीन सदस्यीय उपसमिति गठन गरेको जानकारी दिए । 

उपसिमितिको संयोजकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र सदस्यहरू  तेक्वान्दोका पूर्वअन्तर्राष्ट्रिय खेलाडी एवं तेक्वान्दोका वरिष्ठ प्रशिक्षक प्रेम बहादुर भण्डारी र वरिष्ठ खेलकुद  पत्रकार प्रकाश तिमल्सिना रहेका छन् । मन्त्री महर्जनका अनुसार उक्त उपसमितिले १० दिनभित्र बागमती प्रदेशमा रहेका नयाँ तथा पुराना गरी नाैजना प्रतिभावान् खेलाडी,  खेलकुद पत्रकारितामा कलम चलाइरहेका एकजना खेलकुद पत्रकारको चयन गर्नेछ । सोहीअनुसार छनोट भएका उत्कृष्ट खेलाडी र पत्रकारलाई नगदसहित सम्मान गर्ने मन्त्री महर्जनले बताए ।

देशमा संघीयता लागू भएपछि बागमती प्रदेशमा पहिलोपटक हुन लागेको यस अवार्ड कार्यक्रमले खेल क्षेत्रमा लाग्नेहरूलाई प्रेरित गर्ने आफूले अपेक्षा राखेको मन्त्री महर्जनको भनाइ छ । ‘खेल क्षेत्रमा लागेका खेलाडी, प्रशिक्षक, पत्रकार र व्यवस्थापकहरूलाई समय–समयमा पुरस्कृत र सम्मान गर्नु आवश्यक छ,’ उनले भने, ‘यस्ता पुरस्कार तथा सम्मानले नयाँ पुस्तालाई खेल क्षेत्रमा लाग्न प्रेरणा मिल्छ भने अग्रजहरूले सम्मानित महसुस गर्न पाउँछन् ।’

यसअघि प्रदेश सरकारले ३ असोजमा ०८१ मा प्रदेशका युवा तथा खेलकुदमन्त्री महर्जनको पहलमा बागमती प्रदेश सरकारले नेपाललाई पारा ओलम्पिक गेममा कांस्य पदक दिलाउन सफल तेक्वान्दोकी पलेशा गोबर्द्धनलाई  नगद  १० लाख र १९औँ एसियन गेममा रजत पदक विजेता कराँतेकी एरिका गुरुङलाई नगद पाँच लाख रुपैयाँसहित सम्मान र हेटौँडा बजार परिक्रमा गराएको थियो ।