
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको दुम्कीबासमा पर्ने विनयी खोलाको डाइभर्सन बगाएको छ । आज एक्कासि आएको बाढीले बिहान ८ बजे डाइभर्सन बगाउँदा सडक अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
प्रहरीका अनुसार हल्का सवारसाधन तथा यात्रुवाहक बसलाई होङ्सी सिमेन्ट जाने गेटबाट वैकल्पिक बाटो प्रयोग गरेर पठाइएको छ भने ट्रक तथा हेभी लोड सवारीसाधनलाई अरुणखोलामा राखिएको छ ।