
सन् २०११ : १० वर्षअघि सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंकवादी आक्रमणका मास्टरमाइन्ड ओसामा बिन लादेन अमेरिकी विशेष सैन्य अपरेसनमा पाकिस्तानको अटोबाबादमा मारिए ।
सन् १८६५ : अमेरिकी राष्ट्रपति एन्ड्रयु जोनसनले अमेरिकाबाट छुट्टिएर गएको कन्फडरेट स्टेट अफ अमेरिकाका राष्ट्रपति जेफर्सन डेभिसलाई पक्रनेलाई एक लाख डलर दिने घोषणा गरे ।
सन् १९२१ : चर्चित भारतीय फिल्म निर्देशक सत्यजित रे आजकै दिन जन्मिएका थिए ।
सन् १९३३ : हिटलरले जर्मनीमा मजदुर नेतालाई पक्राउ गरेर देशभरका मजदुर संगठनमाथि प्रतिबन्ध लगाए । नाजीले मजदुरको अवस्थाबारे निर्णय गर्न ट्रेड युनियनको स्थानमा राज्य नियन्त्रित जर्मन श्रमिक मोर्चा गठन गरेका थिए ।
सन् १९४५ : १२ दिन लामो सहरी युद्धपछि अन्ततः जर्मन जनरल हेलमुथ बेइडलिङले सोभियत फौजसामु आत्मसमर्पण गरेसँगै जर्मन राजधानी बर्लिन नाजीमुक्त बन्यो ।
सन् १९५३ : बेलायतको सहयोगमा ह्यासेमाइट परिवारका सदस्य फैजल द्वितीय इराकका राजा बनाइए ।
सन् १९८९ : मिकलोस नेमेथ नेतृत्वको हंगेरी सरकारले अस्ट्रियासँगको सिमानामा लागेको विद्युतीय तार काटेसँगै शीतयुद्धकालीन कठोर सिमाना तोडिने क्रम सुरु भयो ।
सन् २०१८ : स्पेनबाट अलग हुन ६० वर्षदेखि सशस्त्र आन्दोलन गरिरहेको बास्क पृथकतावादी समूह ‘इटा’ले संगठन भंग गरेको घोषणा गर्यो ।