१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 02 May, 2025
रमेश सुवेदी काठमाडाैं
Invalid date format o९:५६:oo
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइपिएल इतिहासमा छिटो शतक बनाउने खेलाडी

Read Time : > 3 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:५६:oo

इन्डियन प्रिमियर लिगको १८औँ संस्करण चलिरहँदा यसको चर्चा निकै बढेको छ । विश्व क्रिकेटमा आयोजना हुने फ्रेन्चाइजमध्ये यो लिग चर्चित र खर्चालु पनि उत्तिकै छ । खेलाडीले मनग्य कमाइ गरेका छन् । विश्व क्रिकेटकै स्टारहरू जम्काभेट हुने यो नै एक मात्रै लिग हो । त्यसैले पनि यो लिग सधैँ चर्चामा रहने गर्छ । झन् यसपटक १४ वर्षको उमेरमै वैभव सूर्यवंशीले शतक बनाएपछि चर्चा ह्वात्तै बढ्यो । उनले मात्र ३५ बलमा शतक बनाएका थिए । यसै सिजन प्रियान्स आर्याले पनि शतक बनाएका थिए । तर, चर्चा वैभवकै रह्यो । वैभवले अन्य स्टारलाई उछिन्दा क्रिस गेललाई भने पछि पार्न सकेनन् । आइपिएल इतिहासमा छिटो शतक बनाउने खेलाडी यस्ता छन् :

क्रिस गेल, बल– ३०
आइपिएलको इतिहासमा सबैभन्दा चाँडो शतक बनाउने खेलाडीको शीर्ष स्थानमा वेस्ट इन्डिजका क्रिस गेल छन् । रोयल च्यालेन्ज बेंगलुरु (आरसिबी)का गेलले ३० बलमै शतक बनाए । उनले सन् २०१३ मा पुणे वारियर्सविरुद्ध शतक बनाएका थिए । तर, अहिले पुणे आइपिएलमा छैन । त्यस समय उनले चेन्नास्वामी मैदानमा मात्र ६६ बलमा १७५ रन बनाएका थिए । टी–२० क्रिकेटमा कुनै पनि ब्याटरले एकै इनिङ्समा बनाएको यो सर्वाधिक ठुलो स्कोर हो । यही खेलमा बैंगलुरु १३० रनले विजयी भएको थियो । त्यस क्रममा गेलले १७ छक्का र १३ चौका प्रहार गरेका थिए ।

वैभव सूर्यवंशी, बल– ३५
१४ वर्षीय वैभव सूर्यवंशीले यो आइपिएलमा चमत्कार नै गरेका छन् । उनी कम उमेरमा शतक बनाउने पहिलो खेलाडी बने । जयपुरमा खेलिएको खेलमा गुजरात टाइटन्सविरुद्ध राजस्थान रोयल्सका युवा ओपनरले मात्र ३५ बलमा शतक बनाए । उनले खेलमा ३८ बलमा अविजित १०१ रन जोडे । जसमा सात चौका र ११ छक्का समावेश छ । यो खेलमा राजस्थानले गुजरातलाई आठ विकेटले पराजित गर्‍यो । ओपनर वैभव र यशस्वी जैसवालले पहिलो विकेटका लागि १६६ रनको साझेदारी गरेका थिए । यो शतकसँगै वैभवको चर्चा विश्व क्रिकेटभर रह्यो । यसअघि कम उमेरमा मयंक अग्रवालले शतक बनाएका थिए ।

युसुफ पठान, बल– ३७
सर्वाधिक छिटो शतक बनाउने दोस्रो स्थानमा रहेका युसुफ पठानलाई यसै साता वैभव सूर्यवंशीले पछाडि पारेका छन् । १४ वर्षीय वैभवले ३५ बलमा शतक बनाएका थिए । उनले पठानलाई मात्र दुई बलले उछिनेका छन् । सन् २०१० मा युसुफ पठानले राजस्थान रोयल्सका लागि खेल्दा मुम्बई इन्डियन्सविरुद्ध शतक बनाएका हुन् । वानखडे रंगशालामा मात्र ३६ बल खेल्दा उनले आठ छक्का र ९ चौका हिर्काएका थिए । तर, राजस्थान मुम्बईसँग अन्तिममा चार रनले पराजित भयो । पहिलो ब्याटिङ गरेको मुम्बईले २१२ रन बनाएको थियो । प्रत्युत्तरमा राजस्थानले २०८ रन मात्र बनाउन सकेको हो ।

डेविड मिलर, बल– ३८
आइपिएलमा छिटो शतक बनाउने अर्काे नाम हो डेविड मिलर । अस्ट्रेलियन स्टार मिलरले ३८ बलमा शतक बनाएका थिए । उनले सन् २०१३ मा पहिलोपटक पन्जाब किंग्सका लागि खेलेका थिए । मोहालीको रंगशालामा पाँचाैँ नम्बरमा क्रिज पुगेका मिलरले आठ चौका र सात छक्कासहित अविजित १०१ रन बनाएका थिए । यो खेलमा पन्जाबले ६ विकेटको जित निकालेको थियो । सुरुमा ब्याटिङ गरेको आरसिबीले तीन विकेट गुमाउँदै १९० रन बनाएको थियो । प्रत्युत्तरमा पन्जाबले चार विकेट गुमाएर जित निकालेको हो । सन् २०१३ मा उनी छिटो शतक बनाउने तेस्रा खेलाडी थिए । अहिले उनी छिटो शतक बनाउने चौथो खेलाडी बनेका छन् ।

ट्राविस हेड, बल– ३९
ट्राविस हेड आइपिएलमा छिटो शतक बनाउने पाँचौँ खेलाडी हुन् । उनले सन् २०२४ मा सनराइजर्स हैदराबादबाट खेल्दै आरसिबीविरुद्ध शतक बनाएका थिए । उनले ३९ बलमा शतक बनाएका हुन् । तर, ४१ बलमा नौ चौका र आठ छक्कासहित १०२ रन हिर्काएपछि उनी आउट भए । तर, सो खेलमा आरसिबी २५ रनले पराजित भयो । हेड त्यसै वर्ष सनराइजर्स हैदरावाद आएका थिए । आइपिएलको ३०औँ खेलमा सुरुमा ब्याटिङ गरेको हैदरावादले तीन विकेट गुमाउँदै २८७ रन बनाएको थियो । प्रत्युत्तरमा आरसिबीले ७ विकेट गुमाउँदै जित निकालेको थियो । यस खेलमा हेडले अभिषेक शर्मासँग १०८ रनको साझेदारी गरेका थिए ।

प्रियान्स आर्या, बल– ३९
२३ वर्षीय प्रियान्स आर्याले यसै वर्ष तहल्का पिटे । उनले मात्र ३९ बलमा शतक बनाएका हुन् । पन्जाब किंग्सबाट खेलेका प्रियान्सले मुल्लापनुरमा चेन्नई सुपर किंग्सविरुद्ध ४२ बलमा सात चौका र नौ छक्कासहित १०३ रन बनाएका हुन् । प्रियान्स चम्किएपछि पन्जाबले पहिला ब्याटिङ गर्दै २१९ रन बनायो । प्रत्युत्तरमा चेन्नईले २०१ रन मात्रै बनाएपछि पन्जाब १८ रनले विजयी भएको हो । ओपनर ब्याटरसँग इन्डियाको यू–१९ टिमबाट खेलेको अनुभव छ । यसअघि उनले दिल्ली प्रिमियर लिगमा ५० बलमा १२० रन बनाएका थिए । तेस्रो अवसरमा अक्सनमा बिक्दा प्रियान्सलाई पन्जाबले ३.८ करोड भारुमा खरिद गरेको थियो ।

अभिषेक शर्मा, बल – ४०
अभिषेक शर्मा आइपिएल इतिहासमा छिटो शतक बनाउने सातौँ भारतीय खेलाडी हुन् । यद्यपि, उनलाई यसै वर्ष प्रियान्स र वैभवले पछि पारेका हुन् । अभिषेकले ४० बलमा शतक प्रहार गरेका थिए । घरेलु मैदान हैदरावादमा खेल्दा उनले पन्जाब किंग्सविरुद्ध यो कीर्तिमान बनाए । आइपिएलको २७औँ खेलमा पन्जाबले पहिला ब्याटिङ गर्दै दुई सय ४५ रन बनायो । जवाफमा हैदरावादले १८.३ ओभरमै आठ विकेटको जित निकाल्यो । अभिषेकले ५५ बलमा १४ चौका र १० छक्कासहित १४१ रन बनाएका थिए । पहिलो विकेटका लागि अभिषेकले ट्राभिस हेडसँग १७१ रनको साझेदारी गरेका थिए । 

– एजेन्सीको सहयोगमा