मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format o८:११:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

पूर्वअर्थसचिव रामेश्वर खनाललाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:११:oo

नगदकेन्द्रित सामाजिक सुरक्षा भत्ताको प्रभाव कस्तो देखिन्छ ?
सामाजिक सुरक्षा भत्ताले स्वाभाविक रूपमा परिवारको क्रयशक्ति बढेको छ । क्रयशक्ति वृद्धिसँगै उपभोगको संस्कृति बढ्छ । यसले अन्याय या विभेदमा परेका विपन्न वर्गको स्वाभिमानमा वृद्धि भएको छ । तर, उपभोग विस्तारसँगै आन्तरिक उत्पादन वृद्धि हुन नसकी आयात वृद्धि हुनु यसको कमजोर पक्ष हो । यसलाई राजनीतिक लोकप्रियताका लागि ल्याइयो ।

कसैले रकम बढाइदिने, कसैले उमेर घटाइदिनेजस्ता निर्णय गरिदिँदा युवा जनशक्तिलाई स्वदेशमै रोक्न पूर्वाधार र रोजगारमूलक क्षेत्रमा गर्नुपर्ने लगानीको ठुलो हिस्सा सामाजिक सुरक्षाका नाममा खर्च भइरहेको छ । अहिले पनि लोकप्रिय बन्ने रहर उस्तै छ । राज्यको क्षमता छ कि छैन, आफूले बोलेका कुरा पूरा होलान् कि नहोलान् भन्ने कुनै पर्वाह नगरी लोकप्रिय कार्यक्रम घोषणा गरिदिने चलन अहिले पनि छ । त्यसैले पनि यसको विकल्प खोजिनुपर्छ । 

सामाजिक सुरक्षा भत्ता र अन्य सुविधाका विकल्प के हुन सक्छन् त ?
सबैभन्दा राम्रो विकल्प अहिले एक प्रतिशत लिइँदै आएको सामाजिक सुरक्षा करलाई दीर्घकालमा तीनदेखि पाँच प्रतिशतसम्म पुर्‍याउन सकियो भने यसले अहिलेको सामाजिक सुरक्षा खर्च धान्न सक्छ । बिस्तारै अर्थतन्त्रको आकार बढ्दै जाँदा यो आफैँ सहज बन्दै जान्छ । साथै, उमेर पनि ६८ बाट ७० पुर्‍याउन सकिन्छ । 

सामाजिक सुरक्षा भत्ता सिधा भोटसित जोडिने हुनाले दलहरू यी विकल्पमा तयार होलान् त ? 
वर्तमान अर्थमन्त्री त यसमा तयार हुनुहुन्छ । यसलाई आफ्नै दलले सुरु गरे पनि यो धान्न सक्ने अवस्था छैन भन्नेमा उहाँ प्रस्ट हुनुहुन्छ । उमेर बढाउने विकल्पमा पनि उहाँ ‘कन्भिन्स्ड’ हुनुहुन्छ ।