मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पिपिए गर्दा हुने लेनदेनका लागि कुलमानलाई हटाइयो : झलनाथ खनाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:२५:oo

नेकपा (एकीकृत समाजवादी)का  वरिष्ठ नेता झलनाथ खनालले विद्युतको पिपिएमा हुने लेनदेनका लागि सरकारले कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको आरोप लगाएका छन्।

सोमबार पार्टीनिकट खेलकुद महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले सोही लेनदेनका लागि कुलमानलाई हटाएर आफ्ना मान्छे राखिएको दाबी गरे।

देशभर भ्रष्टाचार नै भ्रष्टाचार रहेको भन्दै उनले मन्त्रालयहरूमा नै भ्रष्टाचार हुने गरेको दृष्टान्त उल्लेख गर्ने क्रममा अहिले पनि पिपिए गर्ने समय भएकाे र आठ अर्बसम्मको लेनदेन हुन लागेको जिकिर गरे।

‘अहिले विद्युत् प्राधिकरणबाट देशभर विकास गरिने जति पनि जलविद्युत् योजनाहरू छन्, त्यसमा कम्तीमा चार हजार मेगावाटका जलविद्युत् योजनाहरूको पिपिए गर्ने वेला भएको छ। पिपिए गर्ने भनेको बिजुली कतिमा किन्ने भनेर मोलतोल गर्ने हो । त्यो मोलतोल गर्ने वेलामा धेरै ठुलाे लेनदेनका कामहरू हुन्छन्। यो सिलसिलामा अहिले ६ अर्बदेखि आठ अर्बको लेनदेन हुनेवाला छ,’ उनले भने।

सरकारका वरिपरि नै यस्ता भ्रष्टाचारहरू हुने गरेको भन्दै उनले भ्रष्टाचारको भण्डाफोर गर्नुपर्ने बताए।