१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
सौरभ यादव राजविराज
Invalid date format १४:२६:oo
Read Time : < 1 मिनेट
समाचार

गृहमन्त्री लेखकमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्छ : पूर्वप्रधानमन्त्री खनाल  

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १४:२६:oo

नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले अन्तरजातीय विवाह गरेको जोडीमाथि राज्यसंयन्त्रबाटै भएको अत्याचार भएको घटनामा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न संसदीय समिति गठनको हुनुपर्ने माग गरेका छन्। 

सप्तरीको राजविराजमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री खनालले अन्तरजातीय विवाह गरेकै कारण सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियारमाथि भएको दमन गम्भीर विषय भएकाले संसदीय छानबिनको माग गरेका हुन् । 

‘पछिल्लो संविधान बनाएपछि यो देशमा कोही पनि छुवाछुतमा छैन। कसैले मान्छ भने त्यो अपराध मानिन्छ। यसकारणले जो मान्छेको एक–आपसबिचमा प्रेम भयो, विवाह भयो त्यसैको आधारमा जुन प्रकारको दमन गरिएको छ त्यो दमनचाहिँ नितान्त गलत हो,’ उनले भने, ‘त्यसलाई हाम्रो पार्टीचाहिँ भर्त्सना गर्दछ । यसमा संसदीय समिति बन्नुपर्‍याे । गलत काम जसले गरेको छ, दमन जसले गरेको छ, उनलाई कडाभन्दा कडा कारबाहीसमेत गर्नुपर्छ।’ 

सो घटनाको विषयमा छानबिनका लागि संसदमा समेत निरन्तर आवाज उठ्दै आएको छ।