१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:१५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

केबुलकारले नागरिकको जीवनस्तरमा सुधार ल्याउँछ : ढकाल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:१५:oo

आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरामा बन्ने केबुलकारले नागरिकको जीवनस्तरमा सुधार ल्याउने दाबी गरेका छन् । कोशी प्रदेशको दुर्गम हिमाली जिल्ला ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म पुग्न निर्माण हुन लागेको पाथीभरा केबुलकार अहिले चर्चाको विषय बनेको छ ।

एकातर्फ पहिचानवादी पक्षधरका नामबाट केबुलकार निर्माणको विरोध भइरहेको छ भने अर्कातर्फ पूर्वाधार विकासले स्थानीयदेखि राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने भन्दै केबुलकार निर्माणको पक्षमा आवाज उठाइरहेका छन् ।

यसै सन्दर्भमा केबुलकार निर्माण कम्पनीले शनिबार पत्रकार सम्मेलन गर्दै पाथीभरामा केबुलकार बनाउँदा मन्दिरको ऐतिहासिकता र पहिचान नगुम्ने, बरु स्थानीयले अवसर र रोजगारी प्राप्त गर्ने दाबी गरेका हुन् । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका पाथीभरा देवी दर्शन केबुलकार प्रालिका अध्यक्ष ढकालले आमनागरिकलाई पाथीभरा देवीको दर्शनलाई सहज बनाउने, तीन–चार गुणा बढी तीर्थयात्री–पर्यटक भित्र्याउने, स्थानीयलाई रोजगारी र स्वरोजगारीको अवसर सिर्जना गर्ने, नागरिकको जीवनस्तर सुधार्ने, वातावरण र जैविक विविधता जोगाउने उत्कृष्ट यातायातको एक मात्र माध्यम केबुलकार भएको दाबी गरे । अनुमानित लागत तीन अर्ब रहेको केबुलकार निर्माणपछि करिब तीन सयजनालाई प्रत्यक्ष रोजगारी प्राप्त हुने कम्पनीले जनाएको छ । 

केबुलकार शिलान्यास भएसँगै केही व्यक्तिहरूले निजी क्षेत्रलाई नै कलुषित गर्ने र व्यक्तिगत प्रतिष्ठामा आँच पु¥याउने आक्षेप लगाएको ढकालले गुनासो गरे ।