१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १७:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

चामेमा लागेको डढेलो पाँच दिनसम्म नियन्त्रणमा आएन, फैलावट रोक्न अग्निरेखा निर्माण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:५o:oo

मनाङ जिल्लाको सदरमुकाम चामे गाउँपालिका–१ स्थित तिमाङगाउँको पश्चिम–दक्षिणमा रहेको जंगलमा लागेको डेढेलो पाँच दिनसम्म पनि नियन्त्रणमा नआएपछि बस्तीमा फैलन नदिन अग्निरेखा (फायर लाइन) निर्माण गरिएको छ। जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार प्रमुख जिल्ला अधिकारी मातृका आचार्यको नेतृत्वमा भएको छलफलपछि अग्निरेखा निर्माण गरिएको हो। 

जिल्ला सुरक्षा समितिका सदस्यहरूसहित नजिकका स्थानीयहरूसँग छलफल गरी सबै सुरक्षा निकाय, अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) का कर्मचारी, स्थानीय जनताको सहकार्यमा अग्निरेखा बनाइएको हो। सो जंगलमा गत १९ माघदेखि डढेलो लागेको हो। 

आगो नियन्त्रणका लागि पानीलगायतका सामग्री सञ्चयका लागि तयारी गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए। डढेलो विस्तार हुन लागेको स्यारकु क्षेत्रतर्फ सुरक्षा टोली परिचालन गरिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार जटिल भूगोलका कारण डढेलो नियन्त्रणमा लिन कठिन भइरहेको छ।