१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रहरी विधेयकको विषयमा अवकाशप्राप्त प्रहरी महानिरीक्षकहरूद्वारा प्रहरी नेतृत्वसँग छलफल 

सरकारले प्रहरी संगठनलाई कमजोर बनाउन खोजेको निष्कर्ष

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:५७:oo

अवकाशप्राप्त प्रहरी महानिरीक्षकहरूले संसदमा दर्ता भएको प्रहरीसम्बन्धी विधेयकका विषयमा प्रहरी नेतृत्वसँग छलफल गरेका छन्। प्रहरी प्रधान कार्यालयमा मंगलबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहित उच्च अधिकारीहरूसँग उनीहरूले छलफल गरेका हुन्। 

विधेयकमा प्रहरी संगठनलाई कमजोर बनाउने प्रावधान राखिएको भन्दै पूर्वप्रहरी प्रमुखहरूले त्यसमा आपत्ति जनाएका छन्। सोही सन्दर्भमा प्रहरी नेतृत्वसँग छलफल गरिएको एक पूर्वआइजिपीले बताए। 

विधेयकमा प्रहरीको नियन्त्रण र परिचालन गृह मन्त्रालयले गर्ने उल्लेख छ । यसले प्रहरीको चेन अफ कमान्डलाई कमजोर बनाउने प्रहरी अधिकारीको चिन्ता छ । त्यस्तै, जिल्लामा पनि सिडिओलाई शक्तिशाली बनाएर प्रहरीलाई कमजोर बनाउन लागिएको उनीहरूको बुझाइ छ । 

त्यस्तै, प्रहरीको अधिकार क्षेत्र रहेको अपराध अनुसन्धानका विषय सशस्त्र प्रहरीलाई दिन लागिएकोमा पनि उनीहरूले चासो व्यक्त गरेका छन्। विधेयकले प्रहरीलाई निरीह संगठन बनाउने जोखिम रहेको छलफलको निष्कर्ष थियो । 

छलफलपछि पूर्वप्रहरी महानिरीक्षक मञ्जले विधेयक संशोधनका लागि दबाब दिन विज्ञप्ति निकाल्ने तयारी गरेको छ।