१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:३६:oo
Read Time : < 1 मिनेट
समाचार

जग्गा हेर्ने बहानामा महिलाको हत्या, १६ वर्षपछि पक्राउ परिन् सरू 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:३६:oo

आफ्नै प्रेमीकी श्रीमतीको हत्यामा संलग्न रहेको घटनामा अदालतबाट समेत दोषी ठहर भएकी एक महिला १६ वर्षपछि पक्राउ परेकी छिन्। चितवनको माडी नगरपालिका–१ घर भई हाल विराटनगरको हलेँसी टोल बस्दै आएकी सरू, सरस्वती भनिने शिवकुमारी सापकोटालाई प्रहरीले आइतबार पक्राउ गरेको हो। 

उनी र रामहरि घिमिरे मिलेर २६ भदौ २०६५ मा भक्तपुरको नंखेलमा शान्ता घिमिरेको हत्या गरेका थिए। शान्ता रामहरिको श्रीमती हुन्। रामहरि र सरू प्रेम सम्बन्धमा भएकाले उनीहरूले एकान्तमा लगेर शान्ताको हत्या गरेका हुन्।

रामहरिले प्रहरीमा दिएको बयानअनुसार जग्गा देखाउने भनेर शान्तालाई साँगास्थित एकान्तमा लगिएको थियो। सुरुमा शान्ता र सरूलाई पठाइएको थियो। पछि त्यहाँ पुगेर रामहरिले दाउले हानेर उनको हत्या गरेको प्रहरीको अभियोग थियो। हत्यापछि दुवैजना ललितपुरकोे कालिगण्डकी गेस्ट हाउसमा गएर नुवाएका थिए। त्यहाँबाट सरू चितवन गएकी थिइन् भने रामहरि पक्राउ परे। जेल बसेर छुटिसकेका रामहरिको मृत्यु भइसकेकाे छ। 

सरूको हकमा अदालतले मुद्दा मुल्तबीमा राखेको थियो। गत ८ असोज २०७८ मा जिल्ला अदालत, भक्तपुरकी न्यायाधीश स्वीकृति पराजुलीको इजलासले उनलाई दोषी ठहर गरी तीन वर्ष कैद सजाय सुनाएको थियो। 

सरू सुरुदेखि नै फरार रहँदै आएकी थिइन्। आफ्नो पहिचानसमेत लुकाएर उनी पछिल्लो समय विराटनगर बस्दै आएकी थिइन्। उनी त्यहाँ ट्रक चलाउँदै आएकी थिइन्। 

पक्राउ परेकी सापकोटालाई अदालतमार्फत कारागार चलान गरिएको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले बताए। 

घटनाको बारेमा रामहरि घिमिरेको बयानः