१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format २२:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेपाल र चीनका अधिकारीबिच केरुङमा सीमा सुरक्षा बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २२:३४:oo

  नेपालको उत्तरी रसुवागढी नाका क्षेत्रमा हुन सक्ने अपराधिक गतिविधि रोक्न तथा गल्ती गर्ने उपर कानुनी कारबाही अगाडि बढाउने विषयमा नेपाल र चीनको सीमा क्षेत्रका अधिकारीबीच सहमति भएको छ। 

    रसुवाका प्रमुख जिल्ला अधिकारी तथा  चीनको केरूङ प्रान्तका प्रशासकसहित आइतबार भएको सीमा सुरक्षासम्बन्धी बैठकमा केरूङ नाकामा कुनै पनि गैरकानुनी क्रियाकलाप हुन नदिन, व्यापार व्यवसायलाई सहज पार्न तथा   नाकालाई व्यवस्थित र मर्यादित बनाउन दुवै पक्षबीच सहमति भएको हो ।   

  बैठकमा नेपालको नेतृत्व रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल र चीनको तर्फबाट  झु जिन सुईले नेतृत्व गरेका थिए । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार केरूङमा काम गर्ने नेपालीको पूर्ण सुरक्षा गर्ने, अवैध रूपमा सुन तथा अखेटोपहार ओसारपसार पूर्णरूपमा नियन्त्रण गर्ने विषयमा पनि छलफल भएको छ ।  त्यस्ता कार्यमा संलग्न व्यक्ति उपर कानुनी प्रक्रिया अगाडि बढाउने विषयमा सहमती भएको प्रजिअ पौडेलले जानकारी  दिए।